coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केपी ओली फासिस्ट हुन्, चुनाव गराउनका लागि घोषणा गरिएकाे होइन : नारायणकाजी श्रेष्ठ

तस्वीरः मोनिका मल्ल/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘फासीवादी’ भएको आरोप लगाएका छन्। बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले नेपालमा ओलीले फासीवादको अभ्यास गरिरहेको जिकिर गरे।

‘केपी ओली फासिस्ट हुन्। केपी ओलीले नेपालमा फासिवादको अभ्यास गर्दैछन्,’ उनले भने,‘हामी नेपालमा कुनैपनि हालतमा फासीवाद सहने छैनौं।’

नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले आफूहरुलाई संविधान विरोधी संविधान नचाहिएको बताए। ओलीले चुनाव गर्नको लागि घोषणा नगरेको उनको दाबी छ। ‘संविधान विरोधी चुनाव हामीलाई चाहिएको होइन। यो चुनाव केपी ओलीले वास्तवमा गर्नको लागि घोषणा गरेका होइनन्। संविधार र लोकतन्त्रविरोधी चुनावको हामी धज्जी उडाउँछौं,’ उनले भने।

नेता श्रेष्ठले संयुक्त आन्दोलनका लागि जनता समाजवादी पार्टी, नेपाली कांग्रेस लगायतका राजनीतिक दलसँग छलफल गरिरहेको समेत बताए।  

प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोध सभाको आयोजना गरेको हो। सभामा नेकपाका शीर्ष नेताहरुको सहभागिता छ।

प्रकाशित: २८ माघ २०७७ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App