१३ वैशाख २०८३ आइतबार
image/svg+xml

सुन र चाँदीको मूल्य बढ्यो

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ। आज चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी चार हजार ९४५ रुपैयाँमा बिक्री भएको थियो।

‘मितज्यू’ को ‘भुनभुन माहुरी’ सार्वजनिक,

आउँदाे जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’ को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ।

एसियन ‘बीच गेम्स’ : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

चीनको हाइनान्स्थित सन्या सहरमा आइतबार भएको खेलमा नेपाल बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो। यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

मछिन्द्रलाई इलाम गोल्डकपको उपाधि

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मछिन्द्रका सौरभ सुब्बाले गोल गर्दै सुरुआती अग्रता दिलाए। सौरभले गोल गरेको ३ मिनेटमै मछिन्द्रका मिलन चाम्लिङले टिमका लागि दोस्रो गोल गरे। धेरै अवसर सदुपयोग गर्न नसक्दा एनआरटीले उपविजेता हुँदै नगद ५ लाखमा चित्त बुझायो।

ट्रम्पलाई निशाना बनाएर हिल्टनमा भएको गोलीकाण्डले सम्झायो ४५ वर्ष पुरानो ‘हिंक्ली हिल्टन’ घटना

आफूविरुद्धको राजनीतिक हिंसाका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले ठट्टा गर्दै भने, ‘यदि मलाई राष्ट्रपति पद यति खतरनाक छ भन्ने थाहा भएको भए सायद म चुनावमा भाग लिने थिइनँ।’

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई 'अविचलित निष्ठाको प्रतीक' को रूपमा चित्रण गरेका छन्।

मनोहरा सुकुम्बासी बस्तीमा घरटहरा भत्काउन सुरु

यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए। त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो। केही सुकुमवासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए।

भूमिगत संघर्ष र प्रेस : वैकल्पिक सञ्चार प्रणाली

पत्रकारिता सूचना उद्योग मात्र होइन, शक्ति हो। यसले राजनीति, युद्ध र समाजलाई प्रभाव पार्न सक्छ। जनमत निर्माणमा यसको निर्णायक भूमिका हुन्छ।

बीपी राजमार्गमा आवागमन बन्द

उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ।

कालीमाटीमा यस्तो छ कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ।

साहित्य र समाजसेवा पुरस्कार घोषणा

सीता बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौं, गोठाटारले समाजसेवा र साहित्य विधातर्फ २०८२ का लागि दुई व्यक्तित्वलाई पुरस्कार दिने घोषणा गरेको छ।

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता : प्रदीप ज्ञवाली

नेकपा एमाले नेता प्रदीप ज्ञवालीले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन्।

लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै घुसमाग्ने प्रहरी वरिष्ठ हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दारलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्