७ वैशाख २०८१ शुक्रबार
राजनीति

संघीयता लागू गर्न नदिन संविधानलाई अपाङ्ग बनाइएको छ : जनार्दन शर्मा

तस्वीर : मोनिका मल्ल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले लामो सङ्घर्षबाट प्राप्त संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीसँग साटेको आरोप लगाएका छन्। बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता शर्मा ओलीले संविधानले दिएको संघीयतालाई ओलीले पदसँग साट्न खोजेको समेत जिकिर गरे। ओली नेतृत्वको सरकारले जनताका मौलिक अधिकार कुन्ठित गर्न खोजेको नेता शर्माको आरोप छ।  

‘संविधानमा लेखएको जनताको अधिकारलाई कानुन बनाउने क्रममा भाँचभुच पारिएको छ। संघीयता लागू गर्न नदिनको लागि संविधानलाई अपाङ्ग बनाइएको छ। यहाँ ओम्नीहरुको नाममा जनताको जीवनमाथि खेलबाँड गरिएको छ,’ उनले भने। जनताको विद्रोहले संविधान र संघीयता विरोधीलाई ध्वस्त पार्ने उनको दाबी छ।

उनले आफूहरुको उद्देश्य संविधान र लोकतन्त्रको रक्षा गर्ने भएको बताए।  

प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोध सभाको आयोजना गरेको हो। सभामा नेकपाका शीर्ष नेताहरुको सहभागिता छ।

प्रकाशित: २८ माघ २०७७ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App