१३ वैशाख २०८२ शनिबार
image/svg+xml १९:२९ अपराह्न
राजनीति

प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निम्तो

लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ ।

आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि शुक्रबार प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ ।

प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेशसभाको बैठकलाई बिशेष सम्बोधनपछि दाङको घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री आचार्यले जानकारी दिए । 

प्रकाशित: २५ माघ २०८१ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App