७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

हिरासतबाट रविको दावीः मेरो जस्तै ओलीमाथि छानबिन गरे ठुलो भ्रष्टाचारी ठहरिन्छन्

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । लामिछानेले आफूलाई जस्तै डेढ वर्ष छानबिन गरे सबैभन्दा ठुलो भ्रष्टाचारी ठहर हुने दाबी गरे।  

सहकारी ठगी प्रकरणमा आइतबार प्रहरीले कास्की जिल्ला अदालत पेस गर्न लगेका बेला सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै सभापति लामिछानेले सहकारले आफूलाई झुटा मुद्दामा फसाउन लागेको भन्दै आक्रोश पोखेका हुन् ।  

‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो,’ उनले भने,‘देशको प्रधानमन्त्री भएकामा देशको दुर्भाग्य छ ।’  

ओलीको सरकार रहिरहे देशले धेरै दुख पाउने लामिछानेले दाबी गरे । उनले भने, ‘यो अधिनायकवादी सरकारविरुद्ध यही बेलामा देशैभरीबाट जो जो जहाँ हुनुहुन्छ मेरो लागि होइन्, देशका लागि बाहिर निस्कने बेला आउनसक्छ  म सबैलाई अपील गर्न चाहन्छु ।’ या सरकार रहुञ्जेलसम्म यस्तै हर्कत गरिरहने र  झुटा मुद्दामा मान्छे फसाउने काम निरन्तर चलिरहने बताए ।  

‘फेरीपनि अनुरोध गर्न चाहन्छु, पोखरामा रहेका सम्पूर्ण दिदीबहिनी दाजुभाईहरू मेरो लागि होइन, यो सरकार नढलेसम्म केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो देश कहिल्यै बन्दैन,’लामिछानेले भने ।  

भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी पीडितहरू आफ्ना पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुट्टा मुद्दा लगाएको भन्दै उनले आक्रोश पोखे ।  

यद्यपि आफूलाई अदालतले न्याय दिनेमा विश्वास रहेको पनि उनले बताए । ‘न्याय अदालतले दिन्छ । सम्मानित अदालतको एकदमै विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको छु,’  लामिछानेले भने ।  

लामिछानेले सरकारविरुद्ध यो अन्तिम लडाइँ भएको पनि घोषणा गरे । उनले भने, ‘यिनिहरूको यो वर्चस्व राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई दुखमा राख्ने र यसैगरी निर्दोष मान्छे फसाउने यिनिहरुको सत्ता अन्त्य हुनुपर्छ ।’  

प्रकाशित: ४ कार्तिक २०८१ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App