१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

राजावादीको रणनीति असफल, गणतन्त्रको विजय: दाहाल

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूको रणनीति पूर्ण रूपमा असफल भएको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको विजय भएको बताएका छन्।

प्रेस सेन्टर नेपालको नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले राजावादीहरूको सक्रियता र होहल्ला जनताको शक्तिका अगाडि असफल भएको उल्लेख गरे।

“राजावादीहरूले गरेको होहल्ला र रणनीति पूर्णतः असफल भइसकेको छ। यो जनताको जित हो, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूको विजय हो,” दाहालले भने। उनले गणतन्त्रका उपलब्धिहरूलाई सुदृढ गर्न सबैलाई एकजुट हुन आह्वान गरे।

दाहालले राजावादी र प्रतिक्रियावादी शक्तिहरूले भविष्यमा पनि अस्थिरता सिर्जना गर्न सक्ने खतरा औँल्याउँदै सतर्क रहनुपर्ने बताए।

“प्रतिक्रियावादी शक्तिहरूले फेरी बितण्डा मच्चाउन सक्छन्। त्यसविरुद्ध जनता र सञ्चार क्षेत्रलाई सचेत बनाउनुपर्छ,” उनले थपे।

उनले प्रेस सेन्टरलाई ‘प्रचार सेनाको जर्नेल’ को संज्ञा दिँदै गणतन्त्र र जनताका पक्षमा सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिए।

“प्रतिक्रियावादी शक्तिलाई खबरदारी गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। प्रेस सेन्टरले यो दायित्वमा संवेदनशील भएर काम गर्नुपर्छ,” दाहालले भने।

प्रकाशित: १३ वैशाख २०८२ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App