३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

रवि पक्राउपछि पोखरामा रास्वपाको नारा: सहकारी पीडितलाई न्याय दे !

पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीका सबैजसो नेता कार्यकर्ता पोखरा केन्द्रित भएका छन्।

पार्टी नेता कार्यकर्ताहरू शनिवार बिहानैदेखि पोखरामा प्रदर्शन र नाराबाजी गरिरहेका छन्। बिहानैदेखि पोखरामा भेला भएका रास्वपाका नेता/कार्यकर्ता चर्को स्वरका सरकारको विरोध गरिरहेका छन्। रास्वपाका नेता कार्यकर्ताले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाइरहेका छन्।

प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिँदैन, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन्।  

सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो।

उनलाई रातारात कास्की प्रहरीको हिरासतमा पुर्‍याइएको छ। प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेसँगै रास्वपाका नेताहरू पनि पोखरा गएका थिए।

प्रकाशित: ३ कार्तिक २०८१ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App