सहकारी पीडितको आन्दोलनमा रास्वपा नेतृ सुमना
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा रहँदा रास्वपाले उनलाई छुटाउन सडकमा आन्दोलन गरिरहेको छ । यही बेला सहकारी पीडितले गरेको आन्दोलनमा भने आफ्नो ऐक्यबद्धता रहेको रास्वपाले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा रहँदा रास्वपाले उनलाई छुटाउन सडकमा आन्दोलन गरिरहेको छ । यही बेला सहकारी पीडितले गरेको आन्दोलनमा भने आफ्नो ऐक्यबद्धता रहेको रास्वपाले जनाएको छ ।
‘निर्णायक आन्दोलन’ भन्दै सहकारी पीडितहरू काठमाडौंका सडकमा उत्रिएका छन् । बुधवार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा सहकारी पीडित सडकमा उत्रिएका हुन् ।
सहकारी ठगी प्रकरणमै सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा सडकमा आन्दोलन गरिरहेको रास्वपाले सहकारी पीडितको आन्दोलनमा भने ऐक्यबद्धता जनाउने भन्दै विज्ञप्ति जारी गरेको हो ।
मङ्गलवार, बुधवार र बिहीबार गरी तीन दिन भैरहवामा बयान लिइएपछि अहिले प्रहरीले उनलाई पोखरा लैजान लागेको हो ।
प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिदैन्, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन् ।
नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि 'क्लिन चिट र सफाइ'चलचित्र फ्लप भएको भन्दै व्यंग्य गरेका छन् ।