भारतको उत्तराखण्डस्थित बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्किएको हेलिकप्टर दुर्घटना भएको छ।
बद्रीनाथ र ज्योतिर्मठको बीचमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
ट्रान्स भारतको स्वामित्वमा रहेको हेलिकप्टरमा एक पाइलट र पाँच यात्रु सवार थिए। सबै यात्रु बेंगलुरुका रहेको बताइको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणको अनुसार हेलिकप्टर बद्रीनाथबाट देहरादून जाँदै थियो र सहस्रधारा हेलिप्याडमा अवतरण गर्ने तालिका थियो।
हेलिकप्टर चट्टानमा ठोक्किएको हुन सक्ने आशंका गरिएको छ। एसडीआरएफ, एसडीआरएफका अन्य टोलीहरू र सेना उद्धार र राहत कार्यमा संलग्न रहेका छन्।
मुख्यमन्त्री धामीले दुर्घटनालाई दुर्भाग्यपूर्ण भनेका छन्। उनले भने, ‘जोशीमठको चाई गाउँ नजिकै हेलिकप्टर दुर्घटना भएको खबर प्राप्त भएको छ। जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग र एसडीआरएफले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन्। म पनि सम्पूर्ण घटनाको निरन्तर निगरानी गरिरहेको छु।’
शुक्रबार खराब मौसम हुँदा पनि बद्रीनाथको लागि उडानहरू जारी रहे। दिउँसो १ः०५ बजे एउटा हेलिकप्टर उडान भरेर देहरादूनमा अवतरण गर्यो। त्यपछि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो।
त्यसपछि पनि दिनभरि लगभग १२ हेलिकप्टरहरू देहरादुन उडेका थिए।
प्रकाशित: १३ कार्तिक २०८३ १७:१५ शुक्रबार




-600x400.jpg)
