कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले कार्तिक २५ गतेलाई भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको छ।
शुक्रबारको कोशी प्रदेशसभाले हालै पारित गरेको कोशी प्रदेश भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कार्यान्वयन कार्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीदेखि गर्ने र सो दिनलाई भाषा दिवसका रुपमा बनाउने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रबक्ता गोम्बु शेर्पाले जानकारी दिए ।
बैठकले भाषा दिवसका दिन सबै सरकारी कार्यालयहरू र सार्वसाधारणका घरमा बेलुका दिपावली गर्न आग्रह गर्ने निर्णय पनि गरेको शेर्पाले बताए ।
भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय भाषा नेपालीसहित १४ वटा भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने व्यवस्था गरिएको छ ।
प्रकाशित: १३ कार्तिक २०८३ १७:५० शुक्रबार




-600x400.jpg)
