१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी

प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसम्बन्धी प्रकाशित समाचारबारे सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन्।

केही दिनअघि नेपाल प्रेसले सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारसँग सम्बन्धित विषयमा अनुसन्धान तथा सोधपुछका लागि सुवेदीलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।

यसैबीच, प्रहरीले आजै अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको छ। एउटै दिन दुई पत्रकार पक्राउ परेपछि पत्रकार पक्राउको विषयले सञ्चार क्षेत्रमा चासो बढाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App