२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णालीमा सकियो मतदान

राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ।

कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन्। प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कर्णालीमा स्थानीय तहका मतदाताको मृत्यु भएकाले मतदाताको संख्या १५६ भएको हो।

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्ष अगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो। 

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हो। कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन्।

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी छन् । भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन्।

सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार सङ्ख्या छ भने एमालेको मतभार सङ्ख्या एक हजार १९५ छ।

प्रकाशित: ११ माघ २०८० ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App