पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)
आज बिहानैदेखि महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।
आज बिहानैदेखि महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा यहाँ स्थित भीमकाली गुल्मले मार्च पार्स तथा सलामी अर्पणसहितका बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन (९०किमि) मध्ये पोखरा–आँबुखैरेनी (८२ किलोमिटर) सडक खण्डमा अहिले धमाधम बिस्तार सुरु भएको छ। तनहुँ खण्डमा अहिले तिब्र रुपमा राजमार्ग बिस्तारको काम भईरहेको छ।
भारी हिमपातले खप्तडको अधिकांश भूभाग ढपक्कै छोपेको छ। ‘भूस्वर्ग’ का नामले चिनिने खप्तड यतिबेला सेताम्मे छ। सेताम्मे खप्तड हेर्नका लागि धेरै जना इच्छुक छन्।
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ। प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेसंगै माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।
पोखरामा भीषण असिनापानी परेको छ । दिउँसो साढे एकबजेपछि यहाँ भीषण असिनापानी परेको हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रमा रोपिएको बालिनाली नोक्सान पुु¥याएको छ ।
राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध गरेका छन्।
सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।
एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौं तनावग्रस्त बनेको छ।
उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए।
त्रिवेणी, सहश्रलिंग, माईका थान, नागढुंगालगायत खप्तडका २२ वटा पाटन हिउँ गलैचाले सेताम्य छन्।
जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो। धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्।
ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको टेको हटेको छैन। कतिपय ठाउँमा लगाइएको पुरानो भएको र भाँचिएको टेको समेत देख्न सकिन्छ।
भक्तपुरको नगरकोटमा एक फिटसम्म हिउँं परेको छ। शुक्रबार दिनको एक बजेदेखि साढे तीन बजेसम्म त्यहाँं हिउँ परेको थियो।
दोलखाको जिरीस्थित खावा क्षेत्रमा गएराति देखिको भारी हिमपातले गाउँ नै ढाकेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन्।
करिव महिना दिनकै अन्तरालमा ताप्लेजुङमा यो वर्षको हिउँदमा तेस्रो पटक भारी हिमपात भएको छ।
आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ।
तर कोभिड–१९ विरुद्ध खोप लगाउन खोप केन्द्रहरुमा देखिएको भिडले स्वयं खोप लगाउन आउने सर्वसाधारण, स्वास्थकर्मी र भिड व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरु समेत कोभिड–१९ संक्रमणको जोखिममा उत्तिकै देखिन्छन्।
आज पौष २७ गते देशैभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती एवम् एकता दिवस मनाइँदैछ।
माघे संक्रान्ति नजिकिएसँगै टोखावासीलाई अहिले चाकु र तीलको लड्डु बनाउन भ्याइनभ्याई छ। उनीहरुलाई सख्खर पकाएर खुदो मस्काउँदै, चाकु बनाउँदैमा फुर्सद हुदैन।
हेलिकप्टर चढेर पोखराको आकाशमा रमाउने र आसपासका विभिन्न गन्तव्यसम्म पुग्ने पाहुना अहिले पोखरामा बढिरहेका छन। हेलिकप्टरमा रमाउने गरि आन्तरिक पाहुना पोखरा आउन थालेको व्यावसायीको भनाई छ। हेलिकप्टरबाटै हिमाली खोंच र चुचुरासम्म पनि अहिले पाहुना पुगिरहेको व्यावसायीले बताएका छन।