१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

कोभिड–१९ विरुद्ध खोप लगाउनेको चाप बढ्यो

काठमाडौँको मिनभवन स्थित निजामती कर्मचारी अस्पतालमा कोभिड–१९ विरुद्ध खोप लगाउनेको लामो भिड देख्न सकिन्छ।

कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेसंगै र सरकारले आउँदो माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कलगायत सार्वजनिक स्थानमा प्रवेश गर्दा होस् वा सरकारी निकायबाट दिइने सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गरेपछि काठमाडौँ उपत्यका भित्र तोकिएका विभिन्न खोप केन्द्रहरुमा कोभिड–१९ विरुद्ध खोप लगाउन आउनेको चाप बढेको छ।

सीमित संख्यामा तोकिएको खोप केन्द्र र सीमित संख्यामा खटाइएको जनशक्तिले पनि खोप केन्द्रहरुमा घन्टौंसम्म लाइन बस्नु पर्ने अवस्था अहिले छ। कोभिड–१९ संक्रमणको जोखिम कम गर्न बुधबारदेखि उपत्यककाका तीन वटै जिल्ला प्रशासनले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, राजनैतिक सभा सम्मेलन, मेला, महोत्सव जस्ता कार्य गर्न नपाउने नियम लागु गरेको छ।

तर कोभिड–१९ विरुद्ध खोप लगाउन खोप केन्द्रहरुमा देखिएको भिडले स्वयं खोप लगाउन आउने सर्वसाधारण, स्वास्थकर्मी र भिड व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरु समेत कोभिड–१९ संक्रमणको जोखिममा उत्तिकै देखिन्छन्।

 

प्रकाशित: २८ पुस २०७८ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App