coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

नगरकोटमा एक फिटसम्म हिउँ (फोटोफिचर)

तस्बिर सौजन्यः इन्जिनियर कृष्णभक्त दुवाल

भक्तपुरको नगरकोटमा एक फिटसम्म हिउँं परेको छ। शुक्रबार दिनको एक बजेदेखि साढे तीन बजेसम्म त्यहाँं हिउँ परेको थियो। हिउँं परेको खवरपछि हिउँंमा खेल्न पुगेका भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवालका अनुसार साँंझ साढे तीन बजेसम्म त्यहाँं निरन्तर हिउँं परेको थियो। ११ वर्षपछि यहाँं एक फिटसम्म हिउँ पर्‍यो, उनले नागरिकसँंग भने, हिउँं परेपछि यहाँं खेल्न आउनेहरु पनि उतिकै देखिए।

नगरकोट काठमाडौंबाट नजिकको ठाउँं हो। त्यस कारण हिउँं खेल्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेसहितबाट यहाँं हिउँं खेल्न आउनेहरु देखिएको इन्जिनियर दुवालले बताए। केही दिन अगाडि पनि त्यहाँं सामान्य हिउँं परेको थियो। नगरकोट भक्तपुरको एउटा मुख्य पर्यटकीय गन्तव्यको ठाउँं हो। नगरकोटका साथै शुक्रबार काठमाडौं उपत्यकाको चन्द्रागिरीमा पनि हिउँं परेको थियो।

प्रकाशित: २१ माघ २०७८ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App