coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

'एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ' (फोटोफिचर)

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौंताबिरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ। आईतबार सो पार्टीको भातृ संगठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै बिरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए।

प्रदर्शनका क्रममा पार्टीसँग आवद्ध भातृ संगठनका नेताहरुले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमसीसी यथास्थितीमा स्वीकार्य नहुने अडान राख्दै आएको छ।

प्रकाशित: १ फाल्गुन २०७८ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App