११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले सोमबार प्रदेश सभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।  

प्रदेश प्रमुख घर्तिमगरलाई प्रदेशसभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री तथा प्रदेशसभा सदस्यहरूले स्वागत गरेका थिए।

सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रवर्द्धन, सडक तथा अन्य पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय समेटिएको छ।

साथै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।

प्रकाशित: ११ जेष्ठ २०८३ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App