मकैको घमण्ड
मकै दाइ, म सानो छु तर मेरो धेरै महत्व छ । म धामीको जोखना, देवताको अछेता, आशीर्वादको टीका, प्रसादमा अपुङ्गो र शुद्ध खानामा खीर आदि भएर लोकप्रिय छु । जहाँ म पुग्छु त्यहाँ कल्पनामा पनि पुग्न सक्नु हुन्न ।
मकै दाइ, म सानो छु तर मेरो धेरै महत्व छ । म धामीको जोखना, देवताको अछेता, आशीर्वादको टीका, प्रसादमा अपुङ्गो र शुद्ध खानामा खीर आदि भएर लोकप्रिय छु । जहाँ म पुग्छु त्यहाँ कल्पनामा पनि पुग्न सक्नु हुन्न ।
खुत्रुकेको फुटेको देख्दा म रोएँ । किनकि त्यसमा टन्नै पैसा थियो । पैसाचाहिं कहाँ गयो भनेर म रोएँ । मलाई बाबाले फकाउनुभयो । अब अर्काे खुत्रुके किन्नी, नरोऊ भन्नुभयो । पाइयो भने आजै किन्दिनी भन्नुभयो । पैसा बैंकमा लगेर राख्नी भन्नुभयो । अनि बैंकमा लगेर राख्दिनु पनि भयो ।
नातिनीको आइप्याड उनका लागि शिक्षक भएको छ । उनको अनलाइन क्लास छ । त्यही आइप्याडमा उनले क्लास लिन्छिन् । आइप्याडमै होमवर्क पनि गर्छिन् । तर जति बेला पनि आइप्याडमा झुन्डिन्नन् । बाबुआमा, हजुरबाहजुरआमासँग खेल्छिन् । पिङ खेल्छिन् । बेलामा सुत्छिन् । बेलामा खानेकुरा खान्छिन् ।
बालबालिकाहरू हातेमालो गरेर स्कुल गएको दिन हेर्न पाइयोस् । कोरोनाले आफ्नो बाटो तताओस् । बरु सधैं हात मिचीमिची धोऔंला । आत्मीय भत्काउलाझैं आएको सामाजिक दूरीले डाँडा काटोस् भन्ने सबैको चाहना र इच्छा छ ।
‘त्यस्तो हुन्न नि जनावरले पनि आफूलाई माया गर्ने मान्छे चिन्छ । उसलाई माया दिन सके उसले पनि हामीलाई माया नै दिन्छ तर हामीले उसलाई अनावश्यक रूपमा जिस्काउने चलाउने गर्नु हुँदैन ।’ बाबाले आमालाई बुझाउँदै भन्नुभयो ।
विश्वमा फैलिंदै गएको महामारीले दिनहुँ सयौं मान्छे मर्दै गएको समाचार सुनेर यो महामारी नेपालमा पनि फैलियो भने भयावह हुन्छ भन्ने कुराले सबै मान्छे डराउन थाले । जसको फलस्वरूप हाम्रो कलेजले फेरि टुरको कुरा स्थगित गरयो । केही दिन अगाडिसम्मको योजन काँचका चुरा फुटेझैं झरयामझुरुम भए ।
जति फराकिलो क्षेत्रमा खेल्न र हुर्कन पायो त्यति नै बालबालिकामा बाहिरी ज्ञानको विकास हुँदै जान्छ । आफूले खोजेका हरेक कुरा प्राप्त गर्नमै उनीहरू तल्लीन हुन्छन् र सफलता वा खुसी थपिएसँगै अर्को नयाँ विषयमा सोच्न थालिहाल्छन् । हामीले बालबालिकाको कुरामा कसरी समर्थन जनाउने र कसरी अस्वीकार गर्ने भन्ने कुरामा निकै ध्यान दिनुपर्छ ।
लकडाउनको बेला गुरुगुरुआमाले हामीलाई अनलाइन कक्षा लिँदै हुनुहुन्छ । मैले पहिले पहिले त्यत्ति मोबाइल चलाउँदिनथें । अहिले अनलाइन पढ्नुपर्ने भएपछि यो चलाउने तरीका पनि सिकियो । जे हुन्छ राम्रैका लागि हुन्छ भनेर गुरुआमाले भन्नुहुन्थ्यो हो जस्तो लाग्यो ।
लकडाउन एउटा अवसर पनि हो । जिन्दगीको हरेक परिस्थितिहरू पनि अवसर हुने रहेछन् । हामीलाई पनि यो लकडाउनले यो डकुमेन्ट्री निर्माण गर्ने अवसर प्रदान गरयो । यो डकुमेन्ट्री तपाईहरूले युटयुव च्यानल मेन्टल हेल्थ म्याटर गएर हेर्न सक्नुहुन्छ र जसलाई तपाईहरूले स्टाग्राममा प्रोजेक्ट हेल्थ म्याटर फलो गर्न सक्नु हुनेछ ।
हाम्रो बोल्ने ढंग नभएर पनि अरूलाई दुखी बनाइरहेका हुन्छौ । बोल्दा कस्तो शब्द प्रयोग गर्ने ? यसले धेरै अर्थ राख्छ । कसरी भन्ने ? त्यसले ठूलो अर्थ राखेको हुन्छ । एउटै शब्दले कसैको जीवन बदलिन सक्छ । एउटै शब्द राम्रो गरी प्रयोग गरियो भने एउटा मान्छे सकारात्मक दिशामा लाग्छ ।
बालबालिकाहरू कहाँ के गर्दै छन् । नराम्रो काम गर्न लागेको देखियो भने तिनलाई पिटपाट गर्नुभन्दा नराम्रो काम गर्दा कुन पात्रले कति दुःख पाइरहेको छ, त्यस्तो पात्रलाई देखाइदिने हो भने त्यसले आफैं महसुस गर्छु र नराम्रो काम गर्न छोड्दछ ।
मलाई पढ्नका लागि पुस्तक खोजिरहनुपर्ने पर्दैन । घरमा प्रशस्त पुस्तकहरू छन् । मेरो ठूलो ममीको छोरा अग्रिम पनि राम्रो कविता लेख्छ । उसले पनि कविता लेखिरहेको छ । त्यसैले हामी दुवै मिलेर यस वर्षचाहिँ कविता संग्रह ल्याउने तयारीमा छौँ । हुन त यो कोरोना कहिले सकिन्छ थाहा छैन तर बिस्तारै यसलाई जितेर भए पनि हामीले हाम्रो पाइला अगाडि बढाउनु छ ।
पारिपट्टि डाँडामाथि सानोसानो गाउँ , टाढैबाट सोध्छु म त के हो तिम्रो नाउँ । हरियाली थुम्कोमुनि रङ्गीचङ्गी घर , अलि पर देखिदैछ चौतारीमा वर । इन्द्रेनीको धनुषमुनि जग्गा हराभरा , अन्नादीको भण्डार बोक्ने खेतबारी गरा । कति राम्रो छहरा छ ठोट्ने खोलाको , झरनाले खेल्न होला मलाई बोलाको ।
मलाई थाहा थिएन आमा कहाँ जानु भनेर । मामुले आमा भगवानको घर जानुभो भन्नुभो अनि म कति दुखी भएँ । किन रोएँ थाहा छ ? आमाले मलाई जति माया कसैलाई गर्नुभको थेन ।
लकडाउनले म नातिनातिनाहरूदेखि पर रहेकी छु। हवाईजहाजको टिकट किनिसकेको भए पनि यो लकडाउनले गर्दा त्यसलाई क्यान्सिल गरेर अब कहिले खुल्ला र उनीहरूसँग भेट्न पाउँला भन्दै कुरेर बसेकी छु । तर आजकल मिडियाले गर्दा टाढा भए पनि भिडियो च्याट गर्न पाइन्छ । म उनीहरूसँग भिडियोमा रमाएर बस्छु ।
मलाई त पुुस्तकले थुप्रै पशुपन्छी, वनजंगल र वातावरण जोगाउने विषयमा पनि धेरै कुरा बताउने रहेछन् भन्ने लागेको छ । हाम्रै उमेर समूहलाई भनेर तयार पारिने यस्ता पुस्तकमा त मनोरञ्जनसँगै जीवनमा आवश्यक पर्ने व्यवहारका कुरा पनि जान्न पाइने रहेछ ।
घरभित्र आआफ्नै कहानी हुन्छन् । कतै सुख, कतै दुःख त कतै अप्रत्यासित तनाव पनि । हाम्रै पारिवारिक कुरा गरेर ‘टर्चर’ दिँदाचाहिँ सरले के सिकाउन खोज्नुभएको हो ?
‘स्वास्थ्य हाम्रो अमूल्य धन’ हो । हामी स्वस्थ भएमा रोगले हामीलाई आक्रमण गर्न सक्तैन । स्वस्थ मान्छे नै निरोगी हुन्छ । हामीले स्वस्थ रहन सफा पानी पिउनुपर्छ, सफा भाँडामा खानुपर्छ, सडेगलेको खाना खानु हुँदैन, घर वरिपरि सफा राख्नुपर्छ, फोहोर ठाउँमा खेल्नु हुँदैन, दिसा गरेपछि र खाना खानुअघि साबुनपानीले हात धुनुपर्छ । यति गरयो भने हामीलाई रोग लाग्दैन ।
टिभीमा आउने रामायण, महाभारत र श्रीकृष्ण हेर्न मलाई खूब मन पर्छ। कृष्ण भगवान बाल्यकालमा गर्नु भएका कृयाकलाप हेरेर म खूब हाँस्छु।
लकडाउनले कतिपय बालबालिकालाई विपत्तिमा जीवन जिउने कला सिकाएको छ । भनिन्छ हरेक विपत्तिले अवसर लिएर आउँछ । अभिभावक र बालबालिका बीच समीप्य बढेको छ । पारिवारिक मेलमिलाप, सामाजिक दायित्व, घरगोठको सरसफाइ, करेसाखेती जस्ता कुराले प्राथामिकता पाएका छन् ।
प्रत्येक असारमा ऊ दिनरात मिहिनेत गरेर परीक्षा दिन्छ र हरेक मंसिरमा ऊ पास हुन्छ । ऊ यसपटक दसौं वर्षको परीक्षा दिँदैछ । महोदय उसलाई दस कक्षामा राख्न मिल्छ कि मिल्दैन ?
दिनानुदिन नेपालमा अपराधिक घटनाहरू घटेका छन् । चाहे त्यो रुकुमको नवराज विकको केसमा छ जनाको सामुहिक हत्या होस् वा कैलालीको क्वारेन्टिनमा एक महिलामाथि सामुहिक बलात्कारका घटेका घटना होस्, चाहे त्यो पोखरा मनपा वडा नं ३३ मा अमितलाई मारी सेती नदीमा बगाएको घटना होस्, जहाँतही सरकार चुकेका छ ।
मजस्तै समस्यामा पर्ने कति होलान् ? पढ्न चाहेर पनि पढ्न नसकेका । हाम्रोमा हेर न बाबाको काम यतिबेला ठप्प छ । कमाउन सक्नुभएको छैन । उहाँसँग एउटा सामसुङको पुरानो मोबाइल छ । जुन मैले अहिले तिमीसँग कुरा गरिरहेछु । यो मोबाइलमा पहिला त जुम एप डाउनलोड गर्न नजानेर हैरान ।
स्कुल बेच्ने बालक मेरो बारेमा लेख्नुभको छ । त्यसैले मलाई मन पर्छ । यो किताब मेरो बाबाले लेख्नुभएको हो । मेरो बाबा राइटर हो । राइटर मलाई मन पर्छ । मैले यो किताब कति जनालाई देखाको छु ।