१ असार २०८२ आइतबार
image/svg+xml
अन्य

आज पहाडमा आंशिक बदली, वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै, अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि केही प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी ठाउँमा मौसम सफादेखि आंशिक बदली रहनेछ। 

सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। बाँकी ठाउँका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ। मधेस प्रदेशका केही ठाउँमा हुरीबतासको सम्भावना छ।

राति पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी ठाउँमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। यी प्रदेशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। रासस

प्रकाशित: २८ वैशाख २०८२ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App