विपक्षी दलको अवरोध र नाराबाजीपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति र जवाफ माग गर्दै विपक्षीले हंगामा गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
अहिले दलहरूबीचको आन्तरिक छलफलपछि बैठक सुचारु भएको छ।
स्थगित बैठक पुनः प्रारम्भ भएलगत्तै सभामुख अर्यालले संसद्को नियमित कार्यसूचीलाई अघि बढाएका छन्।
प्रकाशित: १२ जेष्ठ २०८३ १६:५७ मंगलबार





