से–फोक्सुन्डो सौन्दर्य
फोक्सुन्डो ताल, तालबाटै बगेको फोक्सुन्डो झरना, दुर्लभ वन्यजन्तु हिउँचितुवा र श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलगायत प्रकृतिप्रदत्त जैविक विविधता विदेशी पाहुनाका लागि आकर्षणका केन्द्र हुन्।
फोक्सुन्डो ताल, तालबाटै बगेको फोक्सुन्डो झरना, दुर्लभ वन्यजन्तु हिउँचितुवा र श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलगायत प्रकृतिप्रदत्त जैविक विविधता विदेशी पाहुनाका लागि आकर्षणका केन्द्र हुन्।
चित्र बनाउँदा मैले आफ्नै वरिपरि देखिएका दृश्यहरूलाई समेट्ने प्रयास गर्ने गरेको छु । प्रकृति, धर्म, संस्कृति, घरपरिवार आदि विषय मेरो चित्रमा समेटिएका छन् । चित्रमा आफूले मुखले भन्न नसकेका कुरा पनि व्यक्त गर्न सकिन्छ ।
पुस्तक पढ्न सजिलो छ, मानिस पढ्न कठिन । पुस्तक पढ्न अक्षर चिने पुग्छ, मानिस चिन्न अक्षर चिनेर मात्र पुग्दैन । मानिस चिन्न सकारात्मक सोच र जीवनप्रतिको आशावादिता चाहिन्छ । अझ बालबालिका चिन्न त उनीहरूको जीवन, सम्वेदना र कर्मसँग नजोडिई कामै छैन
नेपालीलाई विकासका जति सपना बोकाए पनि हामी विश्वका गरीब भएर बाँच्न बाध्य छौं । कहिले सिंगापुर, कहिले स्वीजरल्यान्ड बनाउने सपना बाँडिन्छ । नयाँ नेपाल बनाउने पनि धेरै पटक भनियो । तर, यो वीरबलकोे खिचडीजस्तै नारामा सीमित छ । आफ्नो स्वार्थका लागि राष्ट्रियताको नारा घन्काइन्छ ।
कोरोना महामारीबाट विश्व गुज्रिरहेको छ । सरकारले स्कुलहरू नखुलाउनुको कारण हाम्रा भविष्यका सुनौला फूलहरूलाई केही असर नपुगोस् भनेर नै हो । यसलाई तपाईंहरूले पक्कै सकारात्मक रूपमा लिनुभएको छ ।
सबै समाज वा मानिसहरू आवश्यक्ताको आधारमा परिवर्तन हुन्छन्, मानव उत्पत्ति ढुंगे युगबाट शुरू भएको थियो । बिस्तारै आवश्यकताको आधारमा नयाँ परिवर्तन भयो । घुमन्ते जीवनबाट ससानो समूह हुँदै आगो फेला पारेर खाना पकाएर खाने युगको विकास हुनु आवश्यकताले ल्याएको परिवर्तन हो ।
कैयौं मान्छे सम्पत्तिका लागि मरिरहेका हुन्थे । सम्पत्ति मात्र ठूलो कुरा रहेनछ । यसले आफ्नो स्वास्थ्य र शरीर नै सबैभन्दा ठूलो रहेछ भन्ने कुरा सिकाएको छ । अहिले काठमाडौं हराभरा भएको छ रे । सफा र स्वच्छ भएको छ रे । धुँवाधुलो हटेको छ रे । कलकारखाना र यातायात नचलेर होला ओजन तह बढिरहेको छ रे ।
मलाई थाहा छ धेरै मेरो साथीहरू गाउँ गएका होलान् । तर, हामी यहीँ काठमाडौमै छौ । हामी यहाँ दरो मन पारेर हाँसीखुशी बसेका छौ। यसको श्रेय अभिभावकमा जान्छ । जसको अभिभावकले आफ्नो सन्तानप्रति समय दिनुहुन्छ, सँगै खेल्दिनुहुन्छ र कुरा सुनिदिनुहुन्छ त्यस्ता घरपरिवारका नानीहरू निकै खुसी हुन्छन् ।
आन्तरिक परीक्षामा धेरै अंक आए मात्तिएर एसइई बिगार्छन् भन्दै विद्यार्थीकै लागि अंक काटिदिने शिक्षकलाई आन्तरिक परीक्षाको नतीजाको आधारमा मूल्याङ्कन गर्ने कुराले च्वास्स बिजाइहाल्छ। काँचो माटो मानिएका विद्यार्थीलाई विद्यालयले भविष्यमा देशविकासका लागि पिलर बनाउँदाबनाउँदै त्यो दलदलमा फसेको हो कि भन्ने आभास हुन थालेको छ।
एउटा साडीले बनाएको पिङ पनि छ । त्यसमा म खेलेको थिएँ हुईहुई गरेर । इलामको बुबाले नि पिङ कति खेलाउनुभएको थियो । बुबाले हुइय हुरयाइदिनुभएको थियो । पिङ त पूरै उल्टी हान्दियो । तैपनि लडिएन । कस्तो मजा आयो । मैले पिङको डोरी समातेर बसेको ।
साथीसँगको सम्बन्ध बडो अनौठो हुने रहेछ । मनको गरुङ्गोपन र मनमा खेलेका तर्कवितर्कहरू तिनै खास साथीहरूसँग बाँड्न सकिने रहेछ । न त उनीहरूसँग बोल्न हिच्किचाहट हुने न त संकोच नै ।
शिक्षकले कहिल्यै गल्ती नै गर्दैन भन्ने समयमा हामीले विद्यालय शिक्षा पूरा गरेका थियौं । साच्चै त्यतिबेला विद्यार्थीलाई शिक्षकले हेर्ने दृष्टिकोण अपवाद छोडेर निर्दाेष नै थियोे । यद्यपि अहिले पनि सबै शिक्षक खराब नै छन भन्न खोजिएको होइन । हामी कहाँ धेरै आदर्श शिक्षक पनि धेरै छन । तर थोरै शिक्षकले नराम्रो गरिदिदा पूरै शिक्षण संस्थामा धमिलो अनुभूति गर्ने गरिन्छ ।
अधिकांश बाआमा छोराछोरीलाई प्रकृतिबाट टाढै राख्न चाहन्छन् । घरबाट, कोठाचोटाबाट बाहिर निस्कनु भनेको उनीहरूको नजरमा बिग्रनु हो । असल देखिन विद्यालयका किताब पढ्ने, घोक्ने र सार्ने काम गरिरहनुपर्छ । कुनै पाठ वा उत्तर कण्ठस्थ पारेर सुनाउन सक्नु नै छोराछोरीको सफलता ठान्छन् बाआमा ।
लकडाउनपछि घरघरमा रहेका नागरिकलाई सरकारले व्यवस्थित तरीकाले राखेर समस्या समाधान गर्नेछ भन्ने सबैलाई लागेको थियो । तर सरकारले त्यो सबै गर्ने क्षमता राखेन । नागरिकहरू भोकै जीवन गुमाउनुपर्ने बाध्यता आउन थाल्यो ।
अरू समय नातिनी र म साथी भएका छौं । साथी मात्र होइन बेस्ट फ्रेण्ड भएका छौं । नातिनीसँग म ‘हाइड एण्ड सिक’ खेल्छु । त्यो भनेको लुृकामारी हो । हामी लुकामारी खेल्छौं । कहिले म लुक्छु, मेरा नातिनीहरू मलाई खोज्छन् । कहिले उनीहरू लुक्छन् म उनीहरूलाई खोज्छु ।
साथीहरु (लकडाउन) बन्दाबन्दीमा मेरा दिन यसअघि पनि यस्तैयस्तै गरी बिते । तपाईंहरुले के कसरी बिताउनुभएको छ कुन्नि ! अब भने ‘रेडियो सुन्दै’ वा ‘टिभी हेर्दै सिक्दै’ नामक शिक्षण कार्यक्रमको माध्यमबाट पढ्न पाइने सूचना आइरहेको छ । हेरौं कतिको सिकाइमैत्री र रमाइलो हुन्छ !
म नयाँनयाँ कुराहरूको खोजी गर्न मनपराउने भएकोले इन्टरनेटबाट पढिरहेको छु। हामीले लकडाउनको यो अवस्था फरक हो हामीले बुझ्नुपर्दछ । घरमै भएकोले झगडा गर्ने, टिभी, मोवाइलमा मात्र अल्मलिनु हुँदैन । मैले त बन्दाबन्दीको अवस्थालाई अवसरको रूपमा लिएको छु किनभने यसबेला हामीसँग प्रशस्त समय भएकोले नराम्रो बानीव्यवहार सुधार गरिरहेको छु ।
क’ लेख्दा जति त्यो अक्षरमा आफ्नोपन महसुस हुन्छ । त्यस्तो अनुभव अन्य भाषाका अक्षरहरू लेख्दा हुँदो रहेनछ । त्यस्तै शब्दको संरचना फरक भएकाले पनि दिमागमा याद राख्न पनि असजिलो हुँदोरहेछ र शब्द मात्र होइन वाक्यमा पनि आफ्नै नेपाली शब्द खोज्छौं र त्यसलाई पढेर कहिलेकाहीँ त हाँस्छौँ ।
व्यास नगरपालिका–५ अलैँचेमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । चापाघाटबाट मानहुँकोटतर्फ जाँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आजभोलि हामीले खेलेझैँ चिँ मुसी चिँ, हट घोडा हट, इन्चुमिन्चु जस्ता खेल केटाकेटीलाई खेल्न कसले सिकाउँछ र जान्नु उनीहरूले ? आमाबाबालाई घरअफिसको टन्टा छ । फुर्सदीमा मोबाइलको लत बसिसकेको छ । सिकाउने मान्छे नै नभएपछि कसरी जान्दछन् बालबालिकाले यस्ता कुराहरू ।
हेर्नु न मेरा त हजुरबाआमा गाउँमा हुनुहुन्छ, म शहरमा । मैले उहाँहरूलाई भेटेर रमाइला कथा, इतिहासका कुरा, गाउँखाने कथा, आफ्ना पूर्वजका प्रेरणादायी गाथा सुन्नै पाइनँ । यो फुर्सदको समयमा हजुरबाआमादेखि टाढा हुनुपर्दा मलाई नरमाइलो लागिरहेको छ तर मलाई विश्वास छ तपाईंहरूले रमाइला कथा, कविता, निबन्धका पुस्तक पढेर रमाउनुभएको होला ।
मलाई मान्छेहरूले छोटो राइटर भनेर चिन्छन् । किनभने मैले लेखिराखेको छु । म भोलिसम्म लेख्छु । तर पछिसम्म राइटर हुन्न । म राइटर किन हुन्न भने मलाई एक्टर मन पर्छ । मलाई एक्टिङ गर्ने मान्छे धेरै मन पर्छ । मेरो बाबा पनि राइटर हो । जर्नालिस्ट पनि हो । बाबा राइटर मन पर्छ तर आफू राइटर बन्नचाहिं मन पर्दैन ।