१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

यो वर्ष सरदरभन्दा बढी वर्षा, गर्मी र जाडो हुने

फाइल तस्बिर

यस वर्षको मनसुन क्रृतुमा देशका अधिकांश स्थानमा सरदरमा भन्दा बढी वर्षा हुने देखिएको छ । यो बर्ष देशभर न्यूनतम र अधिकतम तापक्रम पनि सरदर भन्दा बढी हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाले जेठ १८  जेठ देखि १४ असोजसम्म रहने मनसुनका लागि बुधवार जारी गरेको हावापानी आङ्कलनमा उक्त प्रक्षेपण गरिएको हो ।

वर्षाका हिसाबले, कर्णालीको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरमा भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यसैगरी, सुदूर पश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर पूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षा हुने ४५ देखि ५५ प्रतिशत रहेको छ । त्यसैगरी मधेस प्रदेशको पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। विभागका अनुसार देशका बाँकी भूभागमा सरदर भन्दा बढी बताए हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

यसैगरी, अधिकतम तापक्रमको हिसाबले, सुदूर पश्चिम प्रदेशको उत्तर पूर्वी भूभाग, कर्णाली प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र बागमती प्रदेशको मध्य भूभागमा सरदर भन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ । त्यसैगरी मधेस प्रदेशको पूर्वी भूभाग र गण्डकी प्रदेशको मध्य भूभागमा सरदर भन्दा बढी रहने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत छ ।

यसैगरी, न्यूनतम तापक्रमको हिसाबमा, कर्णाली र बागमती प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशको मध्य भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र कोशी प्रदेशको तराई भूभागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने संभावान ५५ प्रतिशत देखि ६५ प्रतिशत छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशको दक्षिण पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर पूर्वी भूभाग र कोशी प्रदेशको उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत छ । देशका  बाँकी भूभागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ ।

विभागले विश्व मौसम सगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्न केन्द्रहरूको हावापानीहरूको प्रारूप आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउट लुक फोरमको आकलनका आधारमा यो प्रतिवेदन तयार गरेको हो । यसैगरी नेपालको मनसुन ऋतुको जलवायुमा पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने इल निनो एण्ड साउर्दन ओस्सिलेसन(इन्सो) तथा हिन्द महासागरमा विकास हुने इन्डियन  ओसियन डिपोलको हालको अवस्था तथा  जलवायु प्रारूपहरूको मनसुन ऋतुको आकलन, युरोपन तथा एसियामा गत हिउँद र प्रि मनसुनको ऋतुमा परेको हिउँ र अन्तरक्रृत परिवर्तनशीलता कारकहरूलाई समेत मध्यनजर गरिएको महाशाखाले जनाएको छ।

गत वर्ष २०८१को मनसुन ऋतुको लागि विभागले गरेको आकलन अनुसार देशका अधिकांश स्थानहरूमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना हुने भनेर गरिएको आकलन अनुसार अधिकांश स्थानमा बढी वर्षा मापन गरिएको विभागको भनाई छ ।

यो वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी शाखाले बुधवार जारी गरेको हावापानी अनुमानमा यो प्रक्षेपण गरिएको हो।

मनसुनका लागि जारी अनुमान प्रतिवेदनअनुसार यो वर्ष देशभर न्यूनतम र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने सम्भावना छ। विभागले विश्व मौसम संगठनको विश्वव्यापी र क्षेत्रीय जलवायु सूचना केन्द्रहरूको हावापानी अनुमान, दक्षिण एसियाली मौसमी जलवायु दृष्टिकोण फोरमको अनुमानका आधारमा यो प्रतिवेदन तयार गरेको हो।

यसैगरी, नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो र साउदर्न ओसिलेसन (इन्सो)’ र हिन्द महासागरमा विकसित हुने ‘इन्डियन ओसियन डिपोल’ को हालको अवस्था, जलवायु अनुमानहरू, युरोप र एसियामा गत हिउँद र प्रि-मनसुनमा परेको हिउँ र परिवर्तनशीलताका कारकहरूलाई समेत विचार गरिएको शाखाले जनाएको छ।

गत वर्ष २०८१ को मनसुनका लागि विभागले गरेको अनुमानअनुसार धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको भनिएको थियो, र धेरैजसो स्थानमा बढी वर्षा मापन भएको विभागको भनाइ छ।

प्रकाशित: ७ जेष्ठ २०८२ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App