२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

शिक्षामन्त्रीको राजीनामापछि दिल्लीमा क्रकरोच पार्टीको विजय उत्सव, जन्तरमन्तरमा खुसीयाली

नीट प्रश्नपत्र लिक प्रकरणमा जोडिएका भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि भारतीय राजधानी दिल्लीमा क्रकरोच जनता पार्टीले विजय उत्सव मनाएको छ।

विगत ३६ दिनदेखि दिल्लीको जन्तरमन्तरमा जारी धर्ना र आन्दोलन सफल भएपछि सीजेपीका नेता तथा कार्यकर्ताहरूले खुसीयाली मनाएका हुन्।

मन्त्री प्रधानको राजीनामाको खबर सार्वजनिक भएसँगै जन्तरमन्तरमा आन्दोलनरत क्रकरोच जनता पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरेर उत्सव मनाए।

यस आन्दोलनलाई उचाइमा पुर्‍याउन चर्चित सामाजिक अभियन्ता सोनम वाङ्गचुकको समेत महत्त्वपूर्ण भूमिका रहेको थियो। मन्त्री प्रधानको राजीनामाको माग गर्दै वाङ्गचुकले भोक हडताल बसेर आन्दोलनलाई थप सशक्त बनाएका थिए।

हेराैं तस्बिरहरु, सबै तस्बिर: एएफपी

प्रकाशित: ९ श्रावण २०८३ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App