१ असार २०८२ आइतबार
image/svg+xml
अन्य

किन रातो मंगल ग्रह?

यस्ताे पनि!

मंगल ग्रहलाई हामी सबैले रातो ग्रहका रूपमा चिन्छौँ। खासमा मंगल किन रातो देखिन्छ? हालै नेचर कम्युनिकेशनमा प्रकाशित अध्ययन निष्कर्षअनुसार मंगल ग्रह रातो देखिनुमा त्यहाँको वातावरणमा रहेको फेरिहाइड्राइट हो। एक प्रकारको फलामी अक्साइड अर्थात् सामान्य भाषामा भन्दा खियाको अवस्थाले रातो देखिएको हो।

यसले मंगल ग्रहमा कुनै समय भरपूर मात्रामा पानी थियो भन्ने संकेत रहेको उनीहरूको भनाइ छ। अध्ययनका प्रमुख लेखक तथा ब्राउन युनिभर्सिटीका पोस्टडक्टरल फेलो एडोमास भ्यालेन्टिनासका अनुसार फेरिहाइड्राइट सामान्यतः सन्तुलित पिएच (पिएचले माटोको अवस्थाको गणना गर्छ) भएको चिसो  वातावरणमा बन्छ।

अक्सिकरण हुन सजिलो हुने भएकाले त्यस्तो हुने वैज्ञानिकहरूको भनाइ छ। यसले प्राचीन समयमा मंगल चिसो र ओसिलो वातावरणयुक्त ग्रह थियो भन्ने जनाउँछ। मंगलमा पठाइएका विभिन्न अर्बिटर र रोभर मिसनहरूबाट प्राप्त तथ्यांकहरू संयोजन गरी भ्यालेन्टिनासको टोलीले के पत्ता लगाए भने मंगलको सतहमा फेरिहाइड्राइट नै प्रमुख फलामी यौगिक हो। तथ्यांकले करिब तीन अर्ब वर्षअघि (हेस्पेरियन युगमा) फेरिहाइड्राइटले मंगलको सतहमा प्रभुत्व जमाएको हुन सक्छ।

भ्यालेन्टिनास भन्छन्, ‘त्यो युगमा प्रचण्ड ज्वालामुखीय गतिविधिहरूले सतहको बरफ पग्लियो। यसले त्यस ठाउँमा ठूला ठूला बाढीहरू ल्यायो। हेस्पेरियन युग नै मंगल ग्रहको इतिहासको मोड हो, त्यही मोडबाट सतहको पानी क्रमशः विलिन हुन थाल्यो।’

त्यसै अवधिबाट मंगलले आफ्नो प्राचीन र आदिम ओसिलो अवस्थाबाट वर्तमान मरुभूमिजस्तो अवस्थामा परिवर्तन हुन थाल्यो। फेरिहाइड्राइट कुन अवस्थामा भनेको थियो भन्ने बुझ्न सके मंगल ग्रहको इतिहास र त्यहाँ पृथ्वीबाट बसाइँ सर्न सकिन्छ कि सकिँदैन भन्ने जानकारी दिन सक्ने बताइएको हो। तर यसमा अझ बढी अध्ययन आवश्यक पर्ने भ्यालेन्टिनास बताउँछन्।

 प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १५ वैशाख २०८२ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App