२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अन्य

अब फलफूल लामो समय नकुहिने!

यस्तो पनि!

अबका केही वर्षमा विकसित मुलुकमा बेच्न राखिने फलफूलको रङ बद्लिने छैन। हेर्दैमा आकर्षक ती फलफूल लामो समयसम्म ताजा देखिने छन्। त्यसका लागि ती फलफूलमा कुनै औषधि छर्कनुपर्ने छैन। 

यस्ता ताजा फलफूल सम्भव पार्ने विज्ञानलाई अचेल जिन एडिटिङ भनिन्छ। बेलायती वैज्ञानिकहरूले फलफूललाई लामो समयसम्म ताजा र रङ नखुइलिने बनाउने नयाँ विधि पत्ता लगाएका छन्। जिन एडिटिङको यो विधिबाट यस्तो सम्भव भएको हो। 

यसलाई बेलायती संसद्बाट स्वीकृति प्रदान गराउने प्रयास भइरहेको छ। यदि यसले स्वीकृति पाए पहिलेको तुलनामा कथित रूपमा स्वादिलो, स्वस्थ फलफूल खान पाइने छ। यी फलफूल उब्जाउन पनि कडा वातावरणमा पनि सम्भव हुने देखिएको छ। 

संसारभर जनसंख्या बढिरहेको छ। यसका साथै अन्न र फलफूलको उत्पादन पनि उत्तिकै बढिरहेको छ। पर्यावरणीय परिवर्तनका कारण उत्पादन घट्ने सम्भावना पनि उत्तिकै बढिरहेका कारण खतरनाक वातावरणसमेत उत्पादन गर्न सकिने यी फलफूल उधारेको एक दिनसम्म पनि रंग र पोषणमा खास परिवर्तन नहुने देखिएको छ।

अहिले बजारमा पाइने केराको बोक्रो निकाल्दा गुदी केही मिनेटमै रंग परिवर्तन हुन्छ। र, खान दिगमिग लाग्न थाल्छ। तर नयाँ जिन सम्पादन गरिएका केराहरू ती समस्याबाट मुक्त त हुन्छ नै अझ बढी मीठा र चाँडै नबिग्रने पनि हुन्छ। 

यस्ता फलफूल आउँदो वर्ष २०२६ बाट बेलायती सुपरमार्केटमा उपलब्ध हुने अपेक्षा गरिएको छ। उता अमेरिकामा लामो समयसम्म टिक्ने स्ट्रबेरीको तयारी गरिँदैछ। ती स्ट्रबेरी तीन सातासम्म बिग्रने छैन। 

यस्ता स्ट्रबेरीका लागि अमेरिकामा सर्वसाधारणलाई खुवाउने स्वीकृति कुरिँदैछ। अमेरिकी सरकारले यसको स्वीकृति दिएको खण्डमा अर्को वर्षभित्र यस्ता स्ट्रबेरी अमेरिकासँगै संसारका अन्य देशमा पनि फल्ने सम्भावना बढेर गएको छ।

यसैगरी बेलायतमा यस्तै प्रयोग थप स्वादिलो र भिटामिन डीयुक्त टमाटरर्ला पनि बजारमा ल्याउने तयारी भइरहेको छ। तर केही विरोधीहरूले यस्ता खाद्यान्नको उत्पादन थालिए, ‘फ्रान्केनफुड्स’को जगजगी हुने र त्यसले वातावरणीय कुप्रभाव बढाउने दाबी गरेका छन्। 

फ्रान्केनफुड्स भन्नाले वास्तविकता मोडर बनाइएको खाद्यान्न हो। मान्छेलाई भगवान् बनाउने खेलमा लाग्दा राक्षस बनेको कथा प्रख्यात उपन्यास ‘फ्रान्केन्स्टाइन’मा बताइएको थियो। यस्तै एउटा सामान्य फूडलाई सुपरफूड बनाउने यो प्रयासले उल्टो सर्वसाधारणलाई बेफाइदा गर्नेतर्फ केही विज्ञले सचेत गराएका छन्। 
प्रस्तुति: अच्युत कोइराला

प्रकाशित: २२ वैशाख २०८२ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App