भारतले दियो वीपी प्रतिष्ठानलाई प्रतिमिनेट हजार लिटर उत्पादन क्षमताको अक्सिजन प्लान्ट
भारतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अक्सिजन प्लान्ट सहयोग गरेको छ।
भारतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अक्सिजन प्लान्ट सहयोग गरेको छ।
प्रदेश १ मा शनिबार ४ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय १५ महिला र २सय १६ पुरुष छन्। पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ।
कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको ज्यान गएपछि उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका २ को खैजनपुरलाई ‘सिल’ गरिएको छ।
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टाको कोभिड १९ को विवरण अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।
उपत्यकाबाहिर स्थायी घर भई यहीँ नै व्यवसाय, जागिर, व्यापार गर्नेहरूको संख्या धेरै भएकाले र विदेश जानेहरूले समेत उपत्यकामै आएर खोप लगाउने भएकाले खोप अभियानमा लक्षित संख्याभन्दा बढीलाई दिनुपरेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडाैँका प्रमुख बद्रीबहादुर खड्काको भनाइ छ।
कोरोनाको जोखिममा बालबालिका रहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई बालबालिकाका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
कोरोना पोजिटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ। साथै कोरोना नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताए।
थप ६० लाख खोप नेपालालाई उपलब्ध गराएमा चीन नेपाललाई सबैभन्दा बढी खोप दिने राष्ट्रहरूमै पहिलो राष्ट्र हुनेछ। विवरणअनुसार चीनले अनुदान स्वरुप ३४ लाख खोप दिएको छ भने भारतले ११ लाख डोज खोप दिएको छ । त्यसैगरी अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ३४ हजार डोज, जापानले १६ लाख खोप, विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधाअन्गर्तत ३ लाख २४ हजार डोज खोप दिइसकेका छन्।
प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।
कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३ सय ७, सुनसरीमा १ सय ७७, मोरङमा १ सय २३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेर्हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ।
अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राख्दै ६० लाख मात्रा खोप प्राप्त भएको थियो। सरकारले आफैं खरीद गर, विभिन्न मुलुकले अनुदानमा र कोभ्याक्स कार्यक्रममार्फत खोप ल्याएको छ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरकाअनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम सुरु भइसकेको र साँझ ५ः०० बजेसम्म जारी रहनेछ।
सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ।
२ हजार १ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७८ र १ हजार ७सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिममा असारको तेश्रो र चौथो साता कम देखिएको कोराना भाईरसको संक्रमण बढ्न थालेको छ। कोराेना भाईरसको चेन व्रेक नभएकाले मान्छेको चहलपहल बढेसंगै संक्रमण दर बढ्दै गएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन्। ३३ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत शुक्रबार गाईघाट आईपुगेको चाईनिज कम्पनीको भेरोसिल खोप सोमबारदेखि थालेकोमा दुईदिनमा ७ हजार ४ सय ७५ ले लगाईसकेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
गत माघ देखि शुरु भएको खोप अभियान खोपको अभावमा बिचमा रोकिए पनि अब नियमित हुने भएकोछ। विभिन्न देश तथा निकायबाट पछिल्ला दिनहरूमा अनुदान र खरिदमार्फत नेपालले अपेक्षित खोपको जोहो गर्न सकेकोले यो अभियानले पुनः गति लिएको हो।
बिरामीको चाप बढेर व्यवस्थापन गर्न समस्या भएका कारण ताप्लेजुङ अस्पताल नै कोभिड संक्रमणको स्रोत हुने खतरा बढेपछि बिरामी व्यवस्थापनमा अल्पकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने निष्कर्ष निकालिएको छ।
डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही स्वरुप सरुवा गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ।
नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ।