७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

डोल्पा अस्पतालमा औषधिको चरम अभाव, उपचारमा सास्ती

जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ। आर्थिक वर्ष ०७८/०७९ मा स्वास्थ्य सेवा कार्यालयले नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नगरेकाले औषधिको अभाव भएको हो।

जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा अत्यावश्यक औषधी नहुँदा विारामीहरु खाली हात फर्कनु परेको छ।सरकारले निशुल्क रुपमा उपलब्ध गराउने टेट्रा साइक्लिन, जेभी पाउडर ,एम सि पाउडर, स्प्रीट,टिन्चर,भिटामिन बि कम्लेक्स,ल्वाङको तेल,आइक्रोफिन, क्यालामाइन लोसन, म्याग्नेसोयम सल्फेट, अक्सिटोसीन, वेन्जाइल वेन्जोइन, पारासिटामोल, जिन्क र ओरामाइन भ्यालेट लगायतका ३५ प्रकारका औषधीहरुको समेत अभाव छ।अस्पतालमा औषधी नहुँदा उपचारको लागि आएका विरामीहरु स्वास्थ्य परीक्षण गराएर औषधि किन्न निजी मेडिकलमा जानु पर्ने अवस्था छ।जिल्ला अस्पताल जस्तो संवेदनसिल संस्थामा महँगो औषधिको कुरा त परै जाओस सरकारले निशुल्क उपलब्ध गराउने ७२ किसिमको औषधि समेत नभएको अस्पताल प्रशासनले जनाएको छ।

सरकारले उपलब्ध गराउने ७२ प्रकारका औषधि भएपनि डोल्पामा मुश्किलले ३५ प्रकारका औषधि पठाउने गरेकोमा यत्तिखेर उक्त औषधी पनि छैन भनेर मेडिकलमा पठाउने गरेको स्वास्थ्य परीक्षणका लागि अस्पतालमा पुगेका त्रिपुराकोट १ का सन्तोष सार्कीले बताए। जिल्ला स्वास्थ्य सेवा कार्यालयहरु प्रदेश सरकार मातहत रहदै आएको छ। जिल्ला अस्पताल दुनैका डाक्टर अखण्ड उपाध्यायले औषधी नहुँदा विरामीको उपचारमा समेत सास्ती व्यर्होनु परेको बताए।

डाक्टर उपाध्यायका अनुसार नशामा दिने औषधि अस्पतालमा नहुँदा विरामीलाई बजारमा रहेका मेडिकलबाट किनेर ल्याउन भन्दा विरामीसंग डाक्टरको झगडा समेत हुने गरेको छ। यता अस्पतालमा मात्र होइन बजारमा रहेका फार्मेसीमा समेत जाँदा औषधि नपाउने गरेको विरामीहरुको गुनासो छ। स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरबहादुर शाहीले गत आवको औषधि सकिएको र नयाँ आर्थिक वर्षको औषधि खरिद नगरिएको बताए।

उनले भने, 'औषधि पनि छैन भनेको सबै औषधि पनि पुर्याउन सकिदैन।' अस्पतालमा रहेको एक्सरे सेवा समेत प्रभावकारी नहुँदा दैनिक समस्या झेल्नु परेको चिकित्सकहरुले बताएका छन्। एक्सरेको प्रिन्टमा खराबी आएकाले हेर्न मिल्ने तर पेपर प्रिन्ट गर्न नमिल्ने भएकाले पनि समस्या आउने गरेको डाक्टर अखण्ड अउापाध्यायको भनाई छ। जसका कारण सामान्य खालको रगत मात्र ल्याबमा जाँच हुने गरेको अस्पतालले जनाएको छ। विशेषज्ञसहित ९ जना चिकित्सक भएको डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अहिले ५ जना करारका चिकित्सकको भरमा स्वास्थ्य सेवा कार्यालय संचालनमा रहेको छ।

प्रकाशित: ११ कार्तिक २०७८ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App