सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी सहयोग
काठमाडौंको शंकारापुरा नगरपालिकास्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी राजदूतावासले विभिन्न मेडिकल उपकरण उपलब्ध गराएको छ।
काठमाडौंको शंकारापुरा नगरपालिकास्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी राजदूतावासले विभिन्न मेडिकल उपकरण उपलब्ध गराएको छ।
काठमाडौं महानगरपालिकाले ‘महानगरपालिका जनस्वास्थ्य ऐन २०८०’ जारी गर्दै विपन्न नागरिकलाई निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था ल्याएको छ।
जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्याएको छ। यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक छ।
वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको बताए।
पहिलो मनसुनसँगै सुरु भएको डेंगी संक्रमणको जोखिम थप तीन महिनासम्म रहने आकलन गरिएको छ।
असारको दोस्रो सातादेखि देखापरेको आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) को जोखिम थप दुई साता रहने नेत्ररोग विशेषज्ञहरूले औंल्याएका छन्।
यहाँको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले ओपन हर्ट सर्जरी (छाती छिरेर गरिने मुटुको शल्यक्रिया) मा सफलता हात पारेको छ। गण्डकी प्रदेशमै पहिलोपटक यो उपचार सफल भएको अस्पतालले बताएको छ।
तराईका जिल्लामा संक्रमण घट्दो दरमा भए पनि काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा भने जोखिम कायमै रहेको विज्ञहरूले औंल्याएका छन्।
चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ।
वर्षायाम सुरु भएसंगै जिल्ला अस्पताल बाजुरामा विरामीको संख्या बढ्न थालेको छ। मौसम परिवर्तनसँगै अस्पतालमा विभिन्न रोगका विरामी उपचारमा आउने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार समालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सरकारी अस्पताललाइ स्वास्थ्यकर्मीसमेत सेतो कोटमा उपस्थित हुनुपर्ने पत्र पठाएर आचारसंहिताविपरीत काम गरेको भन्दै आलोचना भइरहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र पठाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डाइलासिस सेवा सुरु भएको छ। मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु गरिएको अस्पताल निर्देशक डा. पुजन रोकायाले जानकारी दिए। डाइलसिस सेवा सोमबारबाट सुरु भएको हो।
डेंगु संक्रमणबाट धरानमा ९ बर्षीय बालकको पनि मृत्यु भएको छ। योसँगै जेठ २३ यता डेंगु संक्रमणबाट धरानमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
कालिकोटको एकमात्र सरुवा रोग अस्पताल सुर्खेतमा सार्ने निर्णयविरुद्ध उच्च अदालत जुम्लामा रिट दायर गरिएको छ।
विराटनगरमा रहेको कोशी अस्पतालको गैह्रकानुनी रुपमा ओगटेको जग्गा र संरचना फिर्ता गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन्।
बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको सङ्क्रमण पुष्टि भएकोमा आइतबार १२७ जना सङ्क्रमित भएका थिए ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्।
प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुनर्स्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन्। तीमध्ये दुईजना आमाका जुम्ल्याहा बच्चा छन्। पोषण सुधार तथा पुनर्स्थापना गृहका व्यवस्थापक महेन्द्र हमालका अनुसार बाजुरा, हुम्ला, मुगु, दैलेख, कालिकोट, डोल्पा र जुम्ला जिल्लाका बच्चा र आमाले लाभान्वित छन्। उनका अनुसार गत वर्ष १ सय २८ जनाले सेवा लिएका थिए। त्यस अघिल्लो वर्ष १ सय ३० जनाले सेवा लिएका थिए।
‘मान्छेलाई गल्ती पाइनेभन्दा बढ्ता पीडा बिनागल्ती पाइने यातनाले हुँदोरहेछ, बिनादोष बदनाम हुनुपर्दा मन पोल्दोरहेछ।’यो भनाइ नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चार दिन प्रहरी हिरासतमा बिताएर आइतबार छुटेका सक्कली डाक्टर रञ्जितकुमार यादवको हो।
नेपाल चिकित्सक संघले निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको भन्दै त्यसमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली डाक्टरविरुद्धको अपरेसनका क्रममा पक्राउ परेका सक्कली डाक्टर रिहा भएका छन्।
धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म यो कन्द्रबाट ११ सय जनामा मिर्गौला प्रत्यारोपण ११ जनामा कलेजो प्रत्यारोपण भएको छ। हाल केन्द्रमा ७ सय मिर्गौला प्रत्यारोपण र ६० जना कलेजो प्रत्यारोपणको पर्खाइमा छन्।
चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।