१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मुख्यमन्त्रीको सक्रियतामा १४ वर्षदेखि अलपत्र अस्पताल सुचारु हुँदै

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको सहिद सूर्यनारायण राणा स्मृति अस्पताल सञ्चालन हुने भएको छ।

अस्पताल सञ्चालनका लागि मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि पठाइएको छ।

करिब १४ वर्षयता सञ्चालन हुन नसकेको सो अस्पतालमा तत्काल सेवा सुचारु हुने प्रतिबद्धता प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गरेका थिए। मुख्यमन्त्री सिंहले प्रतिबद्धता व्यक्त गरेको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि पठाइएको हो।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालबाट आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधि पठाइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरले बताए। अब यो अस्पतालमा छिट्टै सेवा सञ्चालन हुने उनले बताए।

प्रकाशित: २० भाद्र २०८१ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App