कृषि विकास कार्यक्रममा रकम थप गर्न कोशी सरकारको ध्यानाकर्षण
आगामी आर्थिक वर्षका लागि कृषि विकास कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र ताप्लेजुङलाई ६० लाख रुपैयाँ प्राप्त हुनेगरी प्रस्ताव गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि कृषि विकास कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र ताप्लेजुङलाई ६० लाख रुपैयाँ प्राप्त हुनेगरी प्रस्ताव गरिएको छ ।
त्रियुगाले चालु वर्षका लागि विनियोजित पुँजीगत बजेट ९९ करोड २० लाख २६ हजारमध्ये वैशाख मसान्तसम्म ४० करोड २१ लख ६४ हजार १ सय १ रुपैयाँ खर्च गरेको छ ।
पोखरा महानगरपालिकाका अनुसार अहिले किसानले नयाँ खेतीको रुपमा सुरु गरेको तरबुजा खेतीले किसानलाई सफलता दिलाएको छ। नयाँखेतीको रुपमा तरबुजा खेती सुरु गरेका किसानले तरबुजाबाट आर्थिक लाभ पाउने देखेपछि व्यावासायिकता दिन थालेका हुन। तरबुजा खेतीमा अतिरिक्त लगानी पनि थप्न थालेको किसानले बताएका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेट मात्र खर्च गरेको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयबाट प्लटिङ गर्ने अनुमति नलिएका र तोकिएको मापदण्ड पूरा नगरी अवैध प्लटिङ गरिएका काठमाडौं जिल्लाभित्रका विभिन्न स्थानका करिब दुई हजार पाँच सय रोपनी जग्गाको कित्ताकाट रोक्का गरेको छ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए। पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ।
सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम दिने तयारी रहेको झाले बताए।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ।
मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ।
उद्योगका निमित्त महाप्रबन्धक महेश साहले उत्पादित क्लिङ्करबाट सिमेन्ट बिक्रीको रकम कर्मचारीको तलबमा प्रयोग गर्न थालेको बताए।
नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवन सारडाले दुई ठूला दलको सरकार बनेपछि आर्थिक क्षेत्र चलायमान हुने आशा गरे पनि त्यसो नभएको बताए।
स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ ।
जिल्लाका पाँचवटै स्थानीय तहमा समुदाय मिलेर सार्वजनिक जग्गामा स्याउ खेती गर्ने क्रम बढेको हो ।
रिट निवेदकहरूले गभर्नर बनाउन लागेको भनिएका पौडेले राजनीतिक दल(नेपाली कांग्रेस)मा सदस्य भएका व्यक्ति भन्दै गभर्नर नियुक्त हुन नसक्ने भन्दै दाबी गरेका थिए।
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ।
कर्णाली राजमार्गको कालीकोट खण्डमा स्तरोन्नति भइरहेको छ। डबल लेन निर्माण, कालोपत्रे, ग्राभेललगायत राजमार्ग स्तर वृद्धिका काम धमाधम भइरहेका छन्।
प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म रु एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ।
प्रहरी प्रधान कार्यालयले काठमाडौं–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ।
विभिन्न निकायले सरकारलाई तिनुपर्ने करिब सवा चार खर्ब रूपैयाँ राजस्व तथा ऋणको साँवाब्याज नतिरेको पाइएको छ।
अन्तरप्रदेश उडान सुरु हुँदै गर्दा पोखराबाट कुनैबेला मुलुकका विभिन्न आठवटा विमानस्थलमा नियमित हवाई उडान हुन्थ्यो। अहिले ती गन्तव्यको संख्या कटौती हुँदैजाँदा चारवटामा झरेको छ। यात्रु अभावमा अरु चारवटा गन्तव्यका उडानले निरन्तरता पाउन सकेनन्।
'हामी दैनिक तीन पटकसम्म रन–वे अनुगमन गरिराख्छौँ। अनुगमनकै क्रममा एक ठाउँमा सानो क्र्याक देखिएको हो,’ विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले भने,‘अहिले त्यस्ता समस्या एकैपटक मर्मत हुने प्रणाली छ। तत्कालै मर्मत भइहाल्यो।’
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सबैको घटेको छ । पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.९१ प्रतिशतले बढेको छ।
गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए।