१६ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

माझफाँट-लेकफाँट सडक कालोपत्र

जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ।

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका-३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो।

दुई लेनको  यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ। ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो। जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ। रासस

प्रकाशित: २ जेष्ठ २०८२ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App