९ मंसिर २०८१ आइतबार
image/svg+xml

मालढुङ्गा–बेनी सडक ११ गतेसम्म छ घण्टा बन्द हुने

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ।

बाँकेका सडक सहयोगापेक्षीको उद्धार

गत असोज २८ गते झापाको मेचीनगरबाट सुरु भएको यात्रा यहाँ आइपुग्दासम्म एक सय ३९ जना सडकआश्रित मानवको उद्धार भएको छ।

‘घरवारविहीनहरूको रात सधैँ सडकमा बित्छ’

सडकमा रात बिताउन पनि घरवारविहीन सडक मानवलाई सजिलो छैन। गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्दछ। ‘गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिदैनन्’, उनी भन्छन्।

बागलुङका ग्रामीण सडक सञ्चालन नहुँदा सास्ती

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, बडिगाड गाउँपालिकासहित १० वटै पालिकाका ग्रामीण सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन्।

कालीगण्डकी लोकमार्गको मोदीवेणी-मुडिकुवा सडक पनि खुल्यो, दसैंमा यात्रुलाई सहज

निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी लोकमार्गको फलेबास–अर्मादी खण्ड ठेकेदारको लापरबाहीका कारण सात वर्षदेखि पूरा हुन सकेको छैन । मोदीवेणीदेखि मुडिकुवासम्मको खण्ड सञ्चालनमा आए पनि अर्मादीदेखि–मोदीबेनीसम्म भने अवरुद्ध नै छ।

धवलागिरिका सडक तीन महिनापछि सञ्चालनमा, दसैंमा गाउँ फर्किनेलाई राहत

सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवत जावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए।

कर्णाली प्रदेशका ३३ आयोजना अलपत्र, सरकार बेखबर भएकाे नागरिककाे गुनासाे

हुम्ला, डोल्पामा पक्की सडक निर्माण भएको छैन। कर्णालीका १० जिल्लामा १८६।६ किलोमिटर ग्राभेल सडक भने निर्माण भएको छ।

बाढी र पहिरोले अवरुद्ध पहाडी सडकमा गुड्न थाले गाडी

केही दिन अघिको अविरल वर्षाले सडक बिग्रिएर यातायात आवागमन रोकिएका पहाडी सडकहरू सुचारु हुन थालेका छन्।

दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ।

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प

बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन्। वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन्।

दसैँ तिहार नजिकिँदा स्थानीयलाई सडकको चिन्ता

वर्षाले बिगारेका पहाडी सडकहरू समयमा मर्मत नगरिए नजिकिएको दसैँ तिहारजस्ता चाडबाडमा स्थानीयबासी आउजाउ गर्न कठिनाइ भोग्नु पर्ने भएको छ।

सडक कालोपत्रको माग गर्दै जनप्रतिनिधि पुगे मन्त्रालय

नुवाकोटका जनप्रतिनिधिले गङ्गटे–लब्दु–समुद्रटार–गोल्फुभञ्ज्याङ सडक कालोपत्रको प्रक्रिया अघि बढाउन माग गरेका छन्।

त्रिपालले रोक्ला त राजमार्गको पहिरो!

लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्