सिमेन्ट नभएर बाँधस्थल बाहेकको काम रोकियो
लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।
लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।
वैज्ञानिक र प्राविधिक सम्मिलित सरकारी समितिले यसपटक नेपालमा सहल किरा नआउने निष्कर्ष निकालेको छ । भारतमा यसको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको थियो ।
धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघबीच सहमति भएपछि आइतबारदेखि दिउँसो २ः०० बजेसम्म धरान बजार खुला भएको छ । उपमहानगरपालिकाले लकडाउनको मोडालिटी प्रस्तुत गर्न पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सोही समितिले दिएको प्रतिवेदनलाई केही संशोधन गर्दै बजार खुला गर्ने निर्णय गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले नेपाल धितोपत्र बोर्डलाई पुँजी बजार सम्वन्धि कारोबार सूरु गर्न निर्देशन दिएका छन् । आईतबार नेपाल धितोपत्र बोर्ड (सेवोन)को २८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले कोभिड–१९ का कारण लामोसमय मुलुकको पुँजी बजार बन्द हुँदा लगानीकर्ता मारमा परेको भन्दै उनले आवश्यक प्रक्रिया पुरा गरी पुँजी बजार खुलाउन निर्देशन दिएका हुन् ।
मुलुकका १९ जीवन बीमा कम्पनीले करिब सात अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकासित गरेको चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधीमा करिब डेढ लाख जना जीवन बीमा अभिकर्तालाई उक्त बीमा अभिकर्ता कमिसन रकम दिएका हुन् ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ।
डोल्पाको एक सडक निर्माणमा सम्झौता अनुसारको काम नभएको अवस्थामा ठेकेदारलाई रकम निकासा सिफारिस गरिएको खुलासा भएको छ।
बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ। बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।
कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताएका छन् ।
लकडाउनका कारण अहिले अधिकांश व्यापार व्यवसाय ठप्प छ । तर, खोटाङको केपीलासगढी गाउँपालिका–७ सुंदेलका कृष्णबहादुर बिश्वकर्माको चदरा व्यवसाय भने निरन्तर चलिरहेको छ । सुंदेल पुछारमा पर्ने रावा खोला किनारमा टहरा बनाएर बिश्वकर्माले काठका विभिन्न किसिमका आकर्षक भाँडाकुँडा निर्माण गरिरहेका छन् ।
सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ ।
अर्गानिक उत्पादनको ख्याती कमाएका जिल्लाका टिस्टेटले उत्पादन गरेको चिया विक्रि हुन पाएको छैन । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादको मुख्य सिजनमा बिक्री गर्न नसक्दा टिस्टेट तथा साना किसानलाई मजदुर, कर्मचारीको तलब लगायतका सुविधा, विद्युत, इन्धनको प्रबन्ध गर्न समेत समस्या हुने अवस्था आएको बताइएको छ ।
यसअघि चीनमा अध्ययन गर्न गएका हुनेखाने वर्गका नागरिकलाई भने सरकारी ढुकुटीको रकम खर्चेर उद्धार गरिएको थियो । कानुन विपरीत श्रमिकसँग रकम लिएर विदेशबाट उद्धार गर्ने सरकारको निर्णयविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
सरकारको यो निर्णय उसैले अघि सारेको नीति वातावरण र ऊर्जा नीति तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धता विपरीत छ ।वातावरणसँग सरोकार राख्ने विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको समूहले विद्युतीय गाडीको आयातमा प्रस्तावित भन्सार महसुल र अन्तःशुल्क दर फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।
कर्णाली प्रदेश सरकारले यस वर्ष पनि ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिने भएको छ । आधारभूत खाद्यवस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
विभिन्न क्षेत्रका व्यक्तिहरुले विद्युतीय गाडीको प्रस्तावित महशुल घटाउन माग गरेका छन्। प्रधानमन्त्री केपी ओली समक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै उनीहरुले महशुल घटाई पूर्ववत् कायम गर्न अनुरोध गरेका छन्।
मुलुकका १९ जीवन बीमा कम्पनीले ६३ अर्ब रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्। बीमा समितिका अुनसार उक्त बीमा शूल्क रकम चालु आर्थिक वर्ष ०७६/०७७ को वैशाख मसान्तसम्मको हो।
अढाई महिनायताको लकडाउनले अरू क्षेत्रजस्तै चियाको खेती, ढुवानी र बजारमा नराम्रोसँग क्षति पुगिरहेको छ । गतवर्षहरूमा पनि कहिले उत्पादन र कहिले निर्यातको झन्झट हुने गरेकाले चिया खेतीप्रति धेरै किसान उदासीन हुँदैछन् ।
कोरोना बीमा स्थगित भएको २४ घण्टा नवित्दै पूनः सुरु भएको छ। बीमा समितीले आज एक सूचना प्रकाशित गरी कोरोना बीमा सूचारु गर्न सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी खुलाउनका लागि वाणिज्य मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द गरिएको नाका खुलाउनका लागि वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत पहल थालेको हो ।
पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीहरूलाई घरभाडा नमाग्न अपिल गरेका हुन् ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा मकै र भटमासको पिनामा कृषि सुधार शुल्क लगाएका छन् । स्वदेशी उत्पादनमा टेवा दिने नाममा लगाएको यो कर खारेज गर्न नेपाल दाना उद्योग संघले आग्रह गरेको छ ।