ललितपुर–२ को चुनावी नारा: खानेपानी
प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं-२ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन र स्वतन्त्रका दिपेश कुमार के.सी सँगको निर्वाचन बहस।
प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं-२ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन र स्वतन्त्रका दिपेश कुमार के.सी सँगको निर्वाचन बहस।
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ३ मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका सन्तोष चालिसे, नेकपा एमालेका कृष्ण बहादुर राई, नेकपा माओवादी केन्द्रका बद्रि प्रसाद बजगाईँ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीसँग निर्वाचन बहस।
पूर्वसभामुख ओनसरी घर्ती सत्ता गठबन्धको काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी घर्ती २०७४ को निर्वाचनमा भने समानुपातिक तर्फबाट संसदमा प्रवेश गरेकी थिइन्। उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन्। रोल्पा गृह जिल्ला भएकी घर्ति यति बेला काठमाडौं २ बाट उम्मेदवारी दिँदै गर्दा उनी माथि पर्यटक उम्मेदावर भनि आरोप लाग्दै आएको छ। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा आज हामीले घर्तीसँग सम्बन्धि प्रश्न को जवाफ खोज्ने प्रयास गरेका छौँ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता मणिराम फुयालले प्रदेश सभाजस्तै प्रतिनिधि सभामा पनि महत्त्वपूर्ण भुमिका निभाउने बताएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट २० राजनीतिक दल र दलभन्दा बाहिरबाट १० जना गरि ३० उम्मेदवार प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट उम्मेदावरी दिएकी सोविता गौतम र स्वतन्त्र व्यक्तिका रुपमा उम्मेदावरी दिएका प्रकाश अधिकारी निर्वाच बहसको आजको श्रृङखलामा हामीसँग रहेका छन्।
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ७ मा उम्मेदवारी दिएका नेकपा एमालेका श्याम कुमार घिमिरे, स्वतन्त्र रामबिर मानन्धर र रविन्द्र कुमार श्रेष्ठसँग नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहस।
भक्तपुर २ बाट सत्ता गठबन्धबाट उम्मेदावारी दिएका नेपाली काँग्रेसका नेता दुर्लभ थापा क्षेत्रीले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।
नेकपा (एमाले) का नेता महेश बस्नेतले आफूलाई पराजित गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै लागिपरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानसँग निर्वाचन बहस।
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं १० मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका राजेन्द्र कुमार के.सी. र नेकपा एमालेका हिमेस के.सीसँग निर्वाचन बहस।
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं १० मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रकी अन्जना विशंखे र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बल राम थापासँग निर्वाचन बहस।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सुनसरी र मोरङका स्थानीय तहमा उम्मेदवारी दिएका अधिकतर उम्मेदवारले डुबान नियन्त्रणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका थिए। यस क्षेत्रमा मुख्य रूपमा स्थानीयले भोगेको समस्या पनि नदी कटान र डुबानकै हो। स्थानीय तहमा निर्वाचित भइसकेपछि पनि पालिका प्रमुखहरूले आफ्नो चुनावी एजेन्डा बिर्सिएका छैनन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा मोरङ र सुनसरीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले यही अजेन्डालाई मुख्य समस्याका रूपमा अघि सारेका छन्।
नेपाल रिपब्लिक मिडियाले १ नम्बर प्रदेशको राजधानी विराटनगरमा आयोजना गरेको ‘नागरिक संवाद कार्यक्रम–२०७९’ मा मोरङ र सुनसरीका स्थानीय तहका जनप्रतिनिधिले संघ र प्रदेश सरकारसँग गुनासै–गुनासाका चाङ बर्साए। संघ र प्रदेश सरकारले नीतिगत अवरोधहरूलाई सहजीकरण नगरिदिएको, विकासका काममा स्थानीय सरकारसँग सहकार्य नगरेको, बजेट हस्तान्तरणको मात्रा सीमितता सिर्जना गरेको लगायत गुनासा उनीहरूका छन्।
धनपालथान गाउँपालिकामा कृषिलाई प्राथमिकतामा राखेर काम गरिएको गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदारले बताएका छन्। गाउँपालिका भित्र सिँचाइका लागि सहजता प्रदान गर्न विद्युतीकरण अभियान समेत थालेको नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उनले जानकारी दिए।
सुनसरीको इनरुवा नगरपालिकाकी उप–प्रमुख विनिता कुमारी मेहताले इनरुवा सदरमुकाम भएर पनि पछि परेको स्थान भएको बताएकी छन्। इनरुवामा मालपोत तिर्न, जिल्ला प्रशासन कार्यालयमा नागरितासँगै अन्य प्रशासनिक काम र जिल्ला अस्पतालमा कुकुरले टोकेको सुईं लगाउनभन्दा कोही आउने नगरेको उनले बताइन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा उप–प्रमुख मेहताले स्थानीय तहमा उपप्रमुखको भूमिका मौन रहनु रहेको बताइन्।
वर्षौंदेखि बराहक्षेत्र नगरपालिकाका स्थानीयले सप्तकोसीका कारण घरबारविहीन हुनुको समस्या भोक्दै आएको नगरउप–प्रमुख नन्द कुमारी सुनुवारले दुखेसो पोखेकी छन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उप–प्रमुख सुनुवारले सप्तकोसीपीडितका समस्या समाधान गर्न स्थानीय सरकारको बजेटले मात्रै धान्ने अवस्था नहुँदा यसमा संघीय सरकारले बढी ध्यान दिनुपर्ने बताइन्।
नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगरपालिका आफैंमा ग्रामीण क्षेत्र भएका कारण यहाँ पूर्वाधारको खासै विकास नभएको बताएका छन्। राजनीतिक हिसाबले संघीयताको घोषणा भएपनि आर्थिक र कर्मचारीतन्त्रमा भने संघीयताको अभ्यास हुन नसकेको प्रमुख राईको भनाइ छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका भित्रका सडकहरू व्यवस्थित हुँदै गएको र अब जोड्ने काम मात्रै बाँकी रहेको नगरप्रमुख केदार प्रसाद गुरागाईले बताएका छन्। विकासको पुरानो परिभाषा भौतिक पूर्वाधार मात्रै नभइ कृषि, स्वास्थ्य, शिक्षा, मानवीय सचेतना, उद्यमशीलतालाई प्राथमिकता राखेर योजना अघि बढाउनुपर्ने र यसको दृष्टिकोणमा संघ र प्रदेश सरकारले पनि सुधार्नुपर्ने प्रमुख गुरागाईले बताए। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा नगरप्रमुख केदार प्रसाद गुरागाईले सुन्दरहरैंचा क्षेत्रमा चारकोसे झाडीलाई पर्यटकीय स्थलको रूपमा अघि बढाएर रोजगारीको अवसर सिर्जना गर्न सकिने धारणाा राखेका थिए।
वर्षौंदेखि विराटनगरमा रिङरोडको योजना अलपत्र परेको र आफू निवार्चित भएसँगै समस्या समाधानमा अगाडि बढेको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताएका छन्। महानगरमा सडक पूर्वाधार, खानेपानी, डुबान र रोजगारीको समस्या मुख्य रहेको र ति समस्या किनारा लगाउन प्रदेश र संघिय सरकारले पनि सहयोग गर्नुपर्ने नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा बताए।
नेपाल रिपब्लिक मिडियाले १ नम्बर प्रदेशको राजधानी विराटनगरमा ‘नागरिक संवाद कार्यक्रम–२०७९’ आयोजना गर्यो। मोरङ र सुनसरीका स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो। संघीयताको ‘आधार सरकार’ का रूपमा रहेको स्थानीय सरकारका अनुभव, सरकार सञ्चालन प्रक्रियामा देखिएका राम्रा÷नराम्रा पक्षलगायत पक्षहरूबारे छलफल गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो।
ग्रामथान गाउँपालिका कृषिका लागि अत्यन्तै सम्भावना भएको ठाउँ भएपनि किसानले मल र बिउको समस्या भोग्नु परेको अध्यक्ष जयप्रकाश गच्छेदारले बताएका छन्। विराटनगरमा नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको नागरिक संवाद कार्यक्रममा अध्यक्ष गच्छेदाले आन्तरिक स्रोत सीमित भएको र स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारको हिसाबमा पनि संघ र प्रदेशबाट पर्याप्त बजेट नदिँदा सोचेअनुसारको विकास हुन नसकेको बताए।
जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले वर्षेनि लोहोन्द्रा र सिंगिया खोलामा आउने गरेको बाढीले गाउँपालिकाका ६ वडा प्रभावित हुने गरेको बताएका छन्। कृषिको उर्वरभूमि रहेको जहदा गाउँपालिकामा बाढीले बढी मात्रामा धान खेतमा असर गर्ने गरेको गुनासो उनको छ। गाउँपालिकामा सडकसँगै अन्य विकास निर्माणका लागि संघ र प्रदेशसँग बजेटका लागि हारगुहार गर्दा पनि सुनुवाइ नगरेको अध्यक्ष साहको भनाइ छ।
उर्लाबारीमा पूर्वजनप्रतिनिधिले गरेका नराम्रा कामलाई सुधार गरेर लैजाने ढंगले काम भइरहेको उप-प्रमुख मीनाकुमारी खतिवडाले बताएकी छन्। सडक पूर्वाधारमा पक्की बाटाहरू धेरै भएपनि उर्लाबारीको तीव्र गतिमा विकास हुन नसकेको उप-प्रमुख खतिवडाले नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा बताएकी हुन्। कार्यक्रममा उप-प्रमुख खतिवडाले उर्लाबारीमा बाढीको समस्या मुख्य समस्याको रूपमा रहेको र खोलामा तटबन्धका लागि स्थानीय सरकारको क्षमताले नपुग्ने बताइन्।
सुनसरीको दुहवी नगरपालिकाका प्रमुख बेद नारायण गच्छछेदारले आफ्नो स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषिलगायत दूरगामी योजना अघि बढाइरहेको बताएका छन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा प्रमुख गच्छेदारले दुहबी क्षेत्रका १ सय १६ भूमिहीन सुकुम्बासीलाई आवास निर्माण गरी चाँडै हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए।