नेकपा (एमाले) का नेता महेश बस्नेतले आफूलाई पराजित गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै लागिपरेको आरोप लगाएका छन्।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री समेत रहेका बस्नेतले नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहस कार्यक्रममा उक्त कुरा बताएका हुन्।
प्रकाशित: १३ कार्तिक २०७९ १६:०१ आइतबार