६ आश्विन २०८१ आइतबार
image/svg+xml

जहाज कुर्दा कुर्दै कोल्टीमा बिरामीको मृत्यु

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीको मृत्यु भएको छ। उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन्।

एक वर्षमा २५२ दुर्घटना,६१ जनाको मृत्यु

आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा सवारी दुर्घटनामा परेर ६१ जनाले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष २५२ वटा सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

बालकको उपचारका क्रममा मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको एक पोखरीमा डुबेका नाबालकको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ।

सिङ्गापुरमा बीस वर्षपछि महिलालाई मृत्युदण्ड

सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो।

पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते

पहिराले घर पुरिंदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२, भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

चार जना सवार मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति इटहरी वडा नं. १७ मा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना सवार मोटरसाइकललाई भारतीय वोलेरोले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

सिन्धुलीमा सर्पको टोकाइबाट तीन महिनामा तीन जनाको मृत्यु, ४२ घाइते

सर्पको टोकाईबाट सिन्धुलीमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीन महिनाको अवधिमा सर्पको टोकाईबाट तीन जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

जीप दुर्घटना: थप एकको मृत्यु

जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ।

सर्पले डस्दा महिलाको मृत्यु

सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षिया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए।

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

कोरियामा भीषण बाढी, सात जनाको मृत्यु

सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ।

नेपालीको मृत्यु रहस्यमय, प्रहरीको अनुसन्धान फितलो

कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १८ का ४५ वर्षीय महेश नेपालीको मृत्यु रहस्यमय बनेको छ। मृतक नेपाली जेठ १६ गते कारागारमा रहेका छोरालाई भेट्न घरबाट निस्किएका थिए। उनका छोरा कमल नेपाली लागुऔषध मुद्दामा दाङ कारागारमा छन। तर उनले छोरालाई भेट्न नपाउँदै ज्यान गुमाउनु पर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्