१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सिन्धुलीमा सर्पको टोकाइबाट तीन महिनामा तीन जनाको मृत्यु, ४२ घाइते

फाइल तस्बिर

सर्पको टोकाईबाट सिन्धुलीमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीन महिनाको अवधिमा सर्पको टोकाईबाट तीन जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।  

बिषालु सर्पको विगविगी रहेको सिन्धुलीको दुधौली क्षेत्रमा तीन महिनाको अवधिमा एक महिला र दुई जना बालक गरि तीन जना सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरन्जिवी दाहालले जानकारी दिए। उनका अनुसार गत जेठ १५ गते सर्पले टोकेर मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका १ कुर्थौका एउटै घरका दुई बालक रहेका छन् ।  

स्थानिय गणेश पहाडीका १३ बर्षिय छोरा ग्रिस पहाडी र ३ बर्षिय छोरा ग्रिस्म पहाडीको सुतेकै ठाँउमा सर्पले टोकेर मृत्यु भएको हो । यस्तै दुधौली नगरपालिका १० की शिब कुमारी कार्कीलाई सर्पले डस्दा मृत्यु भएको हो । गत जेठ २६ गते आफ्नै घरको पेटिमा हिड्ने क्रममा सर्पले डस्दा ६२ बर्षिय कार्कीको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए । मृतक तिनै जनाको उपचारका क्रममा मृत्यु भएको हो । सुविधायुक्त सर्पदंश अस्पताल दुधौलीमा नहँदा बर्षेनी सर्पले डसेर मृत्यु हुदै आएको स्थानियले जनाएका छन् ।  

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सर्पले टोकेर असार महिनामा ११ जना र श्रावणमा १ जना गरि १२ जना महिला घाइते भएका छन् । यस्तै गत जेठ महिनामा ४ जना र असारमा १७ जना गरि २१ जना पुरुष घाइते भएका छन् भने ९ जना बालबालिका घाइते भएका छन् ।

अत्याधिक गर्मि बढेसँगै सिन्धुलीको दुधौली नगरपालिका कमलामाई नगरपालिकाका केहि वडा विषालु सर्पको विगविगीनै हुन्छ । तर सर्पको टोकाइलाई तत्काल उपचार गर्न नसक्दा बर्षेनी ज्यान गुमाउदै आएका छन् । बारिको काम गर्दा, घरकै आगनमा काम गर्दा सुतेकै अवस्थामा सर्पले धेरै डस्ने गरेको स्थानियको भनाई छ । २०८० साल सुरु भएदेखि हालसम्म तीन जनाको मृत्यु हुनुका साथै ४२ जना घाइते भएपछि दुधौलीका स्थानिय क्रसिद बनेका छन्  

प्रकाशित: ४ श्रावण २०८० ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App