६ आश्विन २०८१ आइतबार
image/svg+xml

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका १, सिम्लेकी बेगबहादुर बलालकी १५ वर्षीय छोरी टीका बलालको मृत्यु भएको गुल्मी प्रहरीले जानकारी दिएको छ।

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

सर्पदंशबाट वैशाखयता नौजनाको मृत्यु

महाशाखाका अनुसार वैशाखयता सुरु भएको सर्पदंशका कारण नौ जनाको मृत्यु भइसकेको छ। सर्पदंशकै कारण नेपालमा हरेक वर्ष औसत १५ देखि २० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्।

सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु

सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यकामा नौ हजार छ सय ८३ दुर्घटना :एक सय ७८ को मृत्यु

काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नौ हजार छ सय ८३ सवारी साधन दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको छ।

मोरङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्।

डोटीमा घर भत्किँदा महिलाको मृत्यु

डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो।

मकवानपुरमा दुई ट्रक ठाेक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा दुईवटा ट्रक एकआपसमा ठाेक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ।

चीनमा भीषण वर्षा, पन्ध्र जनाको मृत्यु

सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण बुधबार बिहान ७ बजेसम्म दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा १५ जनाको मृत्यु भएको छ र चार जना बेपत्ता भएका राज्य सञ्चालित समाचार समिति सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।

अमेरिकामा फेरि अर्को गोलीकाण्डः ४ जनाको मृत्यु, ४ घाइते

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

अर्घाखाँचीमा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए।

दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन्।स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्