२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि अर्को गोलीकाण्डः ४ जनाको मृत्यु, ४ घाइते

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एक जना संदिग्ध आक्रमाणकारीलाई  हिरासतामा लिइएको छ। दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफलबोकेको उसले किशोरमाथि गोली हानेको थियो।  

फिलाडेल्फिया इन्क्वायररका अनुसार घाइतेलाई तत्काल नजिकको अस्पताल पुर्याइएको थियो। गोली चलेको जानकारी पाउनेवित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो। एक थान राइफल र एउटा ह्याण्डगन पनि प्रहरीले बरामद गरेको छ। घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन।  

गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा दुई जनाले ज्यान गुमाएका थिएभने २८ जना घाइते भएका थिए।

प्रकाशित: १९ असार २०८० ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App