२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँचीमा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु

फाइल तस्बिर

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका १ गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिंदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार घटनामा १० वर्षिय धनबहादुर रास्कोटी, १२ वर्षिय खुमबहादुर रास्कोटी र ११ वर्षिय मञ्जु रास्कोटीको मृत्यु भएको छ ।  

घटनामा १४ वर्षिय सचिन रास्कोटी घाईते भएका छन् । उनलाई उपचारका लागी पाल्पा पठाईएको छ । अहिले घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ । तिन वटा शव निकालिएको प्रहरीले जनाएको छ । मंगलवार बिहान पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्को झरेर घर पुरेको थियो।

प्रकाशित: १९ असार २०८० ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App