११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्।

बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

घटना आज बेलुकी ६ः३० बजे भएको हो। गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भई कच्ची सडकबाट पाँच मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइते हुनेमा वीरबहादुर खड्का, रवीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित: २७ असार २०८० १५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App