४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते

पहिराले घर पुरिंदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२, भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुरिंदा घरमा सुतिरहेका उनीहरूको मृत्यु भएको हो। पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन्। पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ।

प्रकाशित: ८ श्रावण २०८० ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App