१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बालकको उपचारका क्रममा मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको एक पोखरीमा डुबेका नाबालकको उपचारका क्रममा मृत्यु भएको छ। 

कृष्ण मगरका छोरा ३ वर्षीय कृष पोखरीमा डुबेर घाइते भएका थिए। उनलाई पोखरीमा डुबेको देखेपछि तत्काल उद्धार गरी उपचार गर्न अस्पताल लगिएको थियो। गम्भीर अवस्थामा रहेका कृषको उपचारका क्रममा बुढीगंगामै रहेको विराट शिक्षण अस्पतालमा मंगलबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

नाबालक खेल्ने क्रममा घर छेउको पोखरीमा खसेर डुबेका थिए। पोखरीमा डुबेको देखेपछि स्थानीय १२ वर्षीय सविन तामाङले नाबालककी आमा रमिता मगरलाई खबर गरेका थिए।कोशी अस्पतालमा पोस्टमार्टमका लागि शव लगिएको र घटनाको अनुसन्धान थालेको डिएसपी दाहालले बताए। 

प्रकाशित: १० श्रावण २०८० ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App