१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पले भनेः अमेरिकी नौसैनिक बेडा इरानतर्फ अघि बढ्दैछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ‘अर्को एक नौसैनिक बेडा इरानतर्फ अघि बढिरहेको’ बताएका छन्। यसका साथै उनले इरानले अमेरिकासँग सम्झौता गर्ने आशा व्यक्त गरेका छन्।

मंगलबार एक भाषणका क्रममा ट्रम्पले भने, ‘सुन्दर जहाजहरूको अर्को एउटा बेडा इरानतर्फ अघि बढिरहेको छ। अब के हुन्छ, हेर्न बाँकी छ।’

उनले थपे, ‘मलाई आशा छ, उनीहरूले सम्झौता गर्नेछन्।’ यसअघि पनि अमेरिकी राष्ट्रपतिले गएको हप्ता ‘एउटा ठूलो अमेरिकी सैन्य बेडा इरानतर्फ अघि बढिरहेको’ बताएका थिए।

बीबीसी फारसी सेवाका अनुसार, अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’ फारसको खाडीमा पुगिसकेको छ। यो परमाणु ऊर्जाबाट सञ्चालित युद्धपोत हो। ‘अब्राहम लिंकन’ युद्धपोत अमेरिकाको सबैभन्दा ठूलो र अत्याधुनिक विमानवाहक युद्धपोतहरूमध्ये एक हो। एजेन्सी

प्रकाशित: १४ माघ २०८२ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App