१४ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी आमाछोराको हत्या, बाबुको अवस्था गम्भीर

अज्ञात समूहले घरमै सुतिरहेको अवस्थामा आमाछोराको धारिलो हतियार प्रयोग गरी हत्या गरेको छ। उनीहरूको मंगलबार राति निर्मम हत्या भएको हो।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका जगरुप महतोका श्रीमती सुमिन्त्रा देबी र छोरा रामईश्वर महतोको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताएका छन्। 

धारिलो हतियारको प्रयोगले जगरुप महतो घाइते समेत भएको उनले बताए। घटनाको दोषीलाई पहिचान गर्नका लागि परिवारभित्र र परिवार बाहिर गरेर अनुसन्धानमा प्रहरी परिचालन गरिएको घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक तुपेन्द्र श्रेष्ठले बताए।

राति ३ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका उनले बताए। सो घटनामा महतो परिवारकै अन्य दुई जना घाइते भएका छन्।

घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: १४ माघ २०८२ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App