१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आज बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौँ बालुवाटार बस्ने २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका गजुरेलको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।  

प्रकाशित: ७ श्रावण २०८० १५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App