२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकपमा 'पिङ्क' जुत्ताको नयाँ ट्रेन्ड

जुलाई १९ मा मेटलाइफ स्टेडियममा विश्वकप विजेताले ट्रफी उचाल्नुअघि प्रतियोगिताको सर्वाधिक गोलकर्ताले गोल्डेन बुट  पाउनेछन्। तर यसपटक विश्वकपमा सबैभन्दा धेरै चर्चा ट्रफीको मात्र नभई खेलाडीहरूले लगाएका पिङ्क बुटको पनि भइरहेको छ।

अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको २०२६ विश्वकपमा धेरै खेलाडीहरूले चम्किला पिङ्क रंगका फुटबल जुत्ता लगाएका छन्। मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा २२ खेलाडीमध्ये १९ जनाले पिङ्क जुत्ता लगाएका थिए, जसले यो ट्रेन्ड कति लोकप्रिय छ भन्ने देखाउँछ।

यो शैलीलाई विश्व फुटबलका स्टारहरू केलियन एमबाप्पे, एर्लिङ हालान्डले पनि अपनाएका छन्। ठूला राष्ट्रदेखि साना टोलीसम्मका खेलाडीहरू पिङ्क बुटमा देखिएका छन्।

विश्वका प्रमुख खेल सामग्री कम्पनीहरू एडिडास, नाइके, पुमा, न्यू ब्यालेन्स र स्केचर्सले विश्वकपअघि  पिङ्क रंगका नयाँ जुत्ता सार्वजनिक गरेका थिए।

चम्किला रंगहरूले दृश्यता प्रदान गर्ने र खेलाडीको व्यक्तिगत पहिचान तथा आत्मविश्वास झल्काउन मद्दत गर्ने विशेषज्ञहरूले बताएका छन्।

सामाजिक सञ्जालको युगमा खेलाडीहरू आफैं पनि एउटा ब्रान्ड बनेका कारण आकर्षक डिजाइनको माग बढेको छ।

रंग ट्रेन्ड विश्लेषकहरूले पनि सन् २०२६ का लागि ‘इलेक्ट्रिक फुस्चिया’ अर्थात् चम्किलो पिङ्कलाई प्रमुख रंगका रूपमा भविष्यवाणी गरेका थिए। विश्वकपमा यसको व्यापक प्रयोगले त्यो अनुमान सही साबित भएको देखाएको छ।

यद्यपि विशेषज्ञहरू खेलाडीहरूले केवल रंगका कारण बुट छान्दैनन्। उनीहरूका लागि प्रदर्शन र आराम सबैभन्दा महत्वपूर्ण कुरा हो, जबकि रंग त्यसको आकर्षक पक्ष मात्र हो।

२०२६ विश्वकपमा पिङ्क बुट खेलाडीहरूको नयाँ पहिचान बनेको छ। 

प्रकाशित: ८ असार २०८३ १७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App