१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

चार जना सवार मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति इटहरी वडा नं. १७ मा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना सवार मोटरसाइकललाई भारतीय वोलेरोले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।  

पूर्वबाट पश्चिम जादै गरेको भारतीय डब्लु बी ७३ इ ९११७ नम्बरका भारतीय वोलेरोले पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी वडा नं. १६ का २६ वर्षे करण चौधरी, सोही ठाउँका २७ वर्षे शम्भु चौधरी र २४ वर्षे अनिनेस चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । करण र शम्भुको शुक्रबार ९.२६ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अनिनेसको भने शनिबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका इटहरी वडा नं. १६ कै २७ वर्षे प्रेमलाल चौधरी सिकिस्त छन् । उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । प्रहरीले वोलेरो चालक भारत दार्जेलिङ् फोडिगढीका २२ वर्षे गोविन्द वरमुन र वोलेरो नियन्त्रणमा लिएर छानबीन थालेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल तिब्र गतिमा भएकाले गर्दा दुर्घटना भएको खुलेको छ ।  

प्रकाशित: ६ श्रावण २०८० ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App