२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

वार्षिक समीक्षासँगै इसिडिएफ र सुआहाराद्वारा जनप्रतिनिधिलाई सम्मान

वातावरण संरक्षण तथा विकास मञ्च (इसिडिएफ) र सुआहारा (दोस्रो) कार्यक्रमले वार्षिक समिक्षाकासाथ स्थानीय तहमा निर्वाचित प्रमुखहरुलाई सम्मान गरेको छ।

चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।

जिसस उदयपुरमा प्रमुख उपप्रमुखसहित गठबन्धनको प्यानल विजयी

जिल्ला समन्वय समिति उदयपुरमा गठबन्धनको प्यानलै विजयी भएको छ। बिहीबार बिहान मतदान भएर दिउँसो घोषित मतगणना अनुसार प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय समिति प्यानलै गठबन्धनले जितेको हो।

जिसस रुपन्देहीको प्रमुखमा काँग्रेसका चपाई

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन्। शुक्रबार भैरहवामा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी (लोसपा) को गठबन्धन नै विजयी भएको हो।

ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एस र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख पदमा गठबन्धनतर्फ नेकपा एसका छिरिङ लामा विजयी भएका छन्। कूल १८ मतदातामध्ये १० मत प्राप्त गरेर उनी विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत ल्याए।

जिल्ला समन्वय समिति गोरखामा माओवादी उम्मेदवार सर्वसम्मत

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन्। समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीद लखनथापा गाउँपालिकाकी लिला परियार चयन भएका हुन्।

कानुनको गर्भमा जिल्ला समन्वय समिति

जिल्ला समन्वय समितिको संरचना स्थानीय तहका रूपमा भए पनि यसको सञ्चालन ऐन संघ वा प्रदेशले बनाई जिम्मेवारी सुम्पनुपर्ने हो तर त्यसो गरिएको छैन।

जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेस र एमालेको छुट्टाछुट्टै गठबन्धन

जेठ २७ गते हुने कपिलवस्तु जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस र एमालेले दुई अलग अलग गठबन्धनम बनाएका चुनावमा होमिएका छन्। जिससको निर्वाचनमा कांग्रेस र एमाले गठबन्धबीच नै प्रतिस्पर्धा हुने भएको हो।

ताप्लेजुङ समन्वय समितिमा नेतृत्वका लागि गठबन्धन दल सहमति नजिक

ताप्लेजुङका सत्तारुढ घटकहरु यसअघि गरिएको सहमति अनुसार नै जिल्ला समन्वय समितिमा नेतृत्व लिनदिन सहमति नजिक पुगेका छन्।

मिक्वाखोला गाउँ कार्यपालिकामा गठबन्धन पक्ष हावी

ताप्लेजुङको मिक्वाखोला गाउँ कार्यपालिकाको निर्वाचनमा गठबन्धन पक्ष विजयी हुँदा जिल्ला समन्वय समितिको उपप्रमुखका आकांक्षी पनि कार्यपालिका सदस्य चयन भएका छन्।

२९ जिल्लामा एउटै दलको जिसस

यसरी बन्ने जिल्ला समन्वय समिति गठनका लागि दलहरूले तयारी थालेका छन्। यस्तोमा २९ जिल्लामा एउटै दलले नै जिल्ला समन्वय समिति बनाउने गरी सुविधाजनक बहुमत कायम गरेका छन्, जसमा सबैभन्दा बढी १५ जिल्लामा नेपाली कांग्रेसको एकल जिल्ला समन्वय समिति बन्ने भएको छ। ९ जिल्लामा नेकपा एमाले र ५ जिल्लामा माओवादी केन्द्रको जिल्ला समन्वय समिति बन्ने भएको छ।

अवैध क्रसर खोल्ने विषयमा समन्वय प्रमुख र प्रजिअबीच द्वन्द्व

समितिले उस्तै प्रकृतिको लेकवेशीकै भेरी एग्रीग्रेड एण्ड सिफाइनरी उद्योग अनुगमन गरेपनि राति परेको भन्दै शिल गरेको थिएन।

अनुगमन गर्ने अड्डा जिसस गोरखामा चार वर्षदेखि प्राविधिक छैनन्

जिल्ला समन्वय समितिको पाँच वर्षे कार्यकालको यो अन्तिम वर्ष सुरु भइसकेको छ। चार वर्षको पूरा अवधि प्राविधिक दरबन्दीमा कर्मचारी आएनन्।

जिससको मौज्दात कोषको रकम पालिकाले खर्च गर्न सकेनन्

जिल्ला समन्वय समिति (जिसस) गोरखाको मौज्दात कोषको रकम गोरखाका ११ वटै पालिकालाई दिने निर्णय भएको तीनवर्ष बित्यो । तर अझैपनि सबै पालिकाले कोषको रकम खर्च गर्न सकेका छैनन् ।

ताप्लेजुङमा जिसस उपप्रमुखसहित ९ जनाले गरे नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत

ताप्लेजुङमा जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित स्थानीय तहका ९ जनाले आइतबार नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का पक्षमा सनाखत गरेका छन्। सनाखत गर्नेमा अधिकाँश मेरिङ्देन गाउँपालिकाका रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्