१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मिक्वाखोला गाउँ कार्यपालिकामा गठबन्धन पक्ष हावी

ताप्लेजुङको मिक्वाखोला गाउँ कार्यपालिकाको निर्वाचनमा गठबन्धन पक्ष विजयी हुँदा जिल्ला समन्वय समितिको उपप्रमुखका आकांक्षी पनि कार्यपालिका सदस्य चयन भएका छन्।

जिल्ला समन्वय समितिका एक आकांक्षी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष छिरिङ शेर्पा पनि कार्यपालिका सदस्य चयन भएका हुन्। ६ सदस्यीय कार्यपालिकाको निर्वाचनमा ६ जनानै गठबन्धन पक्षका विजयी भएका छन्।

जसअनुसार दलित वा अल्पसंख्यकतर्फबाट कार्यपालिकामा आउने २ सदस्यमा नेकपा एसका छिरिङ लामा र नेपाली कांग्रेसका मदन बिक निर्वाचित भएका छन्। यस्तै निर्वाचित महिला सदस्य भित्रबाट कार्यपालिकामा जाने ४ सदस्यमा माओवादी केन्द्रका फुपु लामु र सरिता गहते तथा नेपाली कांग्रेसका लक्षीमाया बिक र सलिना बराइली निर्वाचित भएका छन्।

यो सँगै अब १३ सदस्यीय कार्यपालिकामा गठबन्धनतर्फ कांग्रेसका अध्यक्ष, एक वडाध्यक्ष, र ३ कार्यपालिका सदस्यसहित ५ जना, उपाध्यक्ष, एक वडाध्यक्ष र २ कार्यपालिका सदस्यसहित ४ जना र एकीकृत समाजवादीका एक कार्यपालिका सदस्य गरी गठबन्धन पक्षका १० तथा ३ वडाध्यक्ष गरी एमालेका ३ जना कार्यपालिका सदस्य रहने छन्।

प्रकाशित: १६ जेष्ठ २०७९ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App